शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

अत्यधिक मतकासाथ कठायत बिजही


अत्यधिक मतकासाथ कठायत बिजही

सुनौलो रामेछाप


श्रावण ३०, रामेछाप । मन्थलीमा भएको भुपु सैनिक संघ रामेछापको सातौ अधिवेसन तथा वार्षिक साधारण सभामा जय बहादुर कठायत संघको जिल्ला सभापति पदमा निर्वाचित हुनु भएको छ । उनी आफना प्रतिस्पर्धि द्धय खडग बहादुर आले र यम बहादुर थापालाई पछार्दै निर्वाचित हुनु भएको हो । सातौ साधारण सभा तथा वार्षिक साधारण सभाबाट कुल ५३ मत प्राप्त गरि कठाएत आगामि ४ बर्षका लागि अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । तीन जना बिच भएको अध्यक्ष पदको प्रतिस्पर्धामा खड्ग बहादुर आले मगरले १८ मत र तेस्रो प्रतिस्पर्धी यम बहादुर थापाले ७ मत प्राप्त गर्नु भएको संघले जनाएको छ ।

पदाधिकारी सहित कुल १५ जनाको समिति मध्ये संघको विधान अनुसार उपसभापति पदमा यम बहादुर बुढाथोकीलाई सभापति कठायतले आजै मनोनित गर्नुभएको छ भने बाँकि सबै पदाधिकारी र सदस्य पदमा भने बैठकले पछि मनोनित गर्न संघको कार्यालयले जनाएको छ ।
संघका पुर्व अध्यक्ष गुम बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति टहल बहादुर कार्कीको अध्क्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरे लगायतका बक्ताहरुले अधिवेसनमा भेला भएका सहभागि सदस्य हरुलाई शुभकामना दिंदै संघका सदस्यहरुले विगतमा मुलक निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दे उनिहरुको कर्मको सान मान र अनुशासनलाई जिवित राख्दै अगाडी बढ्नको लागि पनि नेतृत्व र सदस्यहरुलाई सुझाब दिएका थिए ।


साधरण सभाले सचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । सभाबाट संघको अध्यक्ष पदमा रहेर विगत १३ बर्ष सम्म अनबरत रुपमा सेवा गर्दे आउनु भएका निर्बतमान अध्यक्ष टहल बहादुुर कार्कि भने विदाई हुनु भएको छ ।
अधिबेसनमा संघको भवन निर्माणमा आर्थिक सहयोग पुर्याउनु हुने ३ जना सदस्यहरुलाई सम्मान पत्रद्धारा सम्मान पनि गरिएको थियो । 


तस्बिर ः– विमल कुमार कठायत

शनिबार ३० श्रावण, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट