पुष ११ रामेछाप,गाेठगाउँ सराेकार समाजले संस्थाको साताैं स्थापना दिवसको अवसरमा यहि पुष १२ गते शनिबार किर्तिपूरकाे चाेभारमा बनभाेज कार्यक्रमकाे आयाेजना गर्न गहिरहेकाे छ ।
गाेठगाउँ सराेकार समाजको आजीवन सदस्यहरू ,आजीवन सदस्यहरूकाे परिवार तथा आफन्तहरू , समग्र गाेठगाउँ - गाेठपानी बासी लगायत गाेठगाउँ सराेकार समाजका सम्पूर्ण शुभचिन्तकहरू लाई कार्यक्रममाउपस्थिति हुन विभिन्न माध्यम बाट निमन्त्रणा गरिसकेकाे र यदि कसैलाई खबर गर्न छुटेको छ भने यहि समाचारलाई आधिकारिकता मानि सम्पूर्ण गाेठगाउँ- गाेठपानीबासी , शुभचिन्तकहरू लाई बनभाेज कार्यक्रममा उपस्थिति भैदिनुहुन संस्थाका सहसचिव तथा बनभाेज कार्यक्रमका संयाेजक कुमार श्रेष्ठले आग्रह समेत गर्नु भएकाे छ ।

बनभाेज कार्यक्रमकाे सम्पूर्ण तयारी सकिएकाे र बनभाेज कार्यक्रममा आउन सहज हाेस भन्ने उद्देश्यले सवारीसाधन नहुनेहरूकाे लागि भक्तपुर सल्लाघारी देखि काेटेश्वर ,तिनकुने , चावहिल , महाराजगन्ज ,बालाजु कंलकी हुँदै रिङ्गराेड घुम्ने बसकाे व्यवस्था भएकाे बस सल्लाघारी बाट बिहा ७.०० बजे छुट्ने बसमा बढ्नुहुनेहरूले सराेकार समाजकाे उपाध्यक्ष देब कुमारी श्रेष्ठलाई 9849126625 र सराेकार समाजकाे आजीवन तथा सल्लाहकार सदस्य खिल बहादुर श्रेष्ठलाई 9851337671मा सम्पर्क गर्न समेत संयाेजक श्रेष्ठले आग्रह गर्नु भएकाे छ ।
शुक्रबार ११ पुष, २०८२