असाेज २१ रामेछाप, रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस खाडिचौर सडकमा अनियन्त्रित भई दुर्घटना हुदा २० जना यात्रु घाइते भएकाे छ।
दुर्घटना लगत्तै प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा ट्राफिकसहितको टोली र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडिचौर पठाइएको छ घाइतेमध्ये तीनजना नाबालक रहेकाे लामाेसाँघु प्रहरीले जनाएकाे छ ।
रामेछापबाट यात्रु बाेकेर काठमाडौं तर्फ आएकाे बस
सुनकोशी गाउँपालिका -७, खाडिचाैर नजिकै पाँचकिलोमा आएपछि ब्रेकफेल भएर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियाे ।
मंगलवार २१ आश्विन, २०८२