मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

रामेछाप नगरपालिका आजबाट पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा ।


रामेछाप नगरपालिका आजबाट पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा  ।

सुनाैलाे रामेछाप


जेष्ठ ६ रामेछाप ,रामेछाप नगरपालिका आजबाट पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएकाे छ,।
 पालिका खोप समन्वय समितिका अध्यक्ष एवम्  नगर प्रमुख लबश्री न्यौपानेकाे अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम्  जिल्ला समन्वय प्रमुख चिना खड्का (कार्की)काे प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाे आयाेजना गरि  प्रमुख अतिथि  खड्का( कार्की)तथा जनस्वास्थ्य कार्यालयका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका सचिव बिभु कुमार झाले संयुक्त रूपमा खोप समन्वय समितिका अध्यक्षलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

खोप कार्यक्रममा प्रत्यक्ष रूपमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई नगरपालिकाले सम्मान पत्र प्रदान गरिएको थियो , कार्यक्रममा नगरपालिका उप प्रमुख बाला कुमारी कार्की , पालिका खोप समन्वय समितिका पदाधिकारीहरू , स्वास्थ्यकर्मी, समाजसेवी, सामुदायिक स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी लगायत  सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 स्वस्थ, सुरक्षित र समुन्नत रामेछाप नगर निर्माणको साझा संकल्पभन्ने  नाराका साथ खोप सुनिश्चितता तथा यसको दिगोपन कायम राख्ने प्रतिबद्धतासहित सहभागीहरूले हस्ताक्षर गर्दै कार्यक्रम समापन भएकाे रामेछाप नगरपालिका स्वास्थ्य विभागले जनाएकाे छ ।

 

बुधबार ६ जेष्ठ, २०८३



मतहरू

CJHjkyucWMNCOInPOsn

zCLcBymQRlIqGeANupEifEXa


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट