आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

मगर संघकाे १३ औं राष्ट्रिय महाधिवेशन बाट अध्यक्ष र महासचिव दुवै पदमा रामेछापबाट निर्वाचित ।


मगर संघकाे १३ औं राष्ट्रिय महाधिवेशन बाट अध्यक्ष र महासचिव दुवै पदमा रामेछापबाट निर्वाचित  ।

सुनाैलाे रामेछाप


जेष्ठ १२रामेछाप , काठमाडौंमा सम्पन्न  नेपाल मगर संघको १३औं राष्ट्रिय महाधिवेशन बाट कार्यकारी मानीयकाे अध्यक्ष र महासचिव दुवै पदमा रामेछापका  रक्षा बहादुर रैका मगर र हाेमराज खपाङ्गी मगर निर्वाचित भएका छन् ।

जेष्ठ ८ गते शुक्रबार देखि सुरू भएकाे १३ औं राष्ट्रिय महाधिवेशनमा खुल्ला सत्र समापन पछि बन्द सत्रमा सहमति हुन नसकेपछि प्यानलनै बनाएर निर्वाचनमा प्रतिस्पर्धा भएकाे थियाे ,प्रतिस्पर्धामा निकटतम प्रतिस्पर्धी गंगा थापा मगर , धन बहादुर पुन मगर र दल बहादुर विरक्ता मगरलाई पछिपार्दै अध्यक्ष पदमा रक्षा बहादुर रैका मगरले बाजि मार्न सफल भएकाे थियाे भने जगत बहादुर पुन मगर र राम बहादुर अस्लामी मगरलाई पछिपार्दै महासचिवमा हाेमराज खपाङ्गी मगरले बाजि मारेकाे थियाे ।
नेपाल मगर संघकाे १३ औं  राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा निर्वाचित रैका मगर रामेछाप जिल्ला रामेछाप नगरपालिका निवासी  हुनुहुन्छ भने महासचिवमा निर्वाचित खपाङ्गी मगर रामेछाप जिल्ला दाेरम्वा शैलुङ्ग गाउँपालीका निवासी हुनुहुन्छ ।

मंगलवार १२ जेष्ठ, २०८३



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट