मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

काठमाडौं बाट ओखलढुंगा जादैगरेकाे यात्रुबाहक बस रामेछापको भलुवाजाेरमा दुर्घटना ।


काठमाडौं बाट ओखलढुंगा जादैगरेकाे यात्रुबाहक  बस रामेछापको भलुवाजाेरमा  दुर्घटना ।

सुनाैलाे रामेछाप


माघ २७ रामेछाप ,काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५१९७५ नम्बरको अरनिको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका वडा न.६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा  दुर्घटना भएको छ।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ, गाडी साहुसहित ५ जनाको शव नदीबाट निकालिएको छ र  अन्यलाई निकाल्ने प्रयास जारी रहेको उद्वारमा घटेकाे सुरक्षाकर्मीले जनाएकाे छ ।
यात्रुबाहक  बस आज  मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको  दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंगलवार २८ माघ, २०८२



मतहरू

irnfMBzJGflObikvk

rYZhFAicZrJpiXNqexcJWUeT


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट