माघ २९ रामेछाप , काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका वडा न.६ भलुवाजोरस्थित त्रिबेणी नजिकै मसानेटारमा मंगलबार भएको बस दुर्घटनापछि आन्दोलनरत
मृतक, घाइतेका परिवार तथा आफन्तहरू र यातायात व्यवसायी बीच सहमति पछि आन्दोलन स्थगित गरेका छन् ।
स्थानीय प्रशासनको रोहवरमा सहमतिपछि स्थगित भएको हो ,उक्त दुर्घटना यात्रुबाहक सब सडक बाट तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।
जिल्ला सुरक्षा समितिको सहजीकरणमा दुवै पक्षबीच भएको छलफलमा दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई कानूनबमोजिम क्षतिपूर्ति दिइने सहमति भएको छ ,पीडित पक्ष र अरनिको यातायातबीच भएको सहमतिपछि आफन्तले शव परीक्षण गरी दाहसंस्कारका लागि लगेका छन् ।
सहमतिमा सवारी चालकलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने भएको छ । दुर्घटनामा हराइरहेका आशंका गरिएकाको खोजी जारी राख्ने र हराईरहेका यात्रुको सम्बन्धमा पनि क्षतिपूर्ति सम्बन्धित निकायले उपलब्ध गराइने भएको छ ।


बिहीबार ३० माघ, २०८२