बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

गाेठगाउँ- गाेठपानीमा अदुवाकाे क्याण्डी तथा अचार बनाउने एकहप्ते तालिम सम्पन्न ।


गाेठगाउँ- गाेठपानीमा अदुवाकाे क्याण्डी तथा अचार बनाउने एकहप्ते तालिम सम्पन्न  ।

D.B.Shrestha


फागुन ११ रामेछाप , रामेछाप नगरपालिका वडा न.१ गाेठगाउँ- गाेठपानीमा अदुवाकाे क्याण्डी तथा अचार बनाउने एकहप्ते तालिम सम्पन्न भएकाे छ ।
नगरपालिकाको आ.व. २०८२/०८३ काे याेजना अन्तर्गत गृहिणीहरूलाइ व्यवसायी बनाउने उद्देश्यका साथ रामेछाप नगरपालिकाले आयाेजना गरेकाे अदुवाकाे क्याण्डी  तथा अचार बनाउने तालिममा गाेठगाउँ- गाेठपानीका गृहिणीहरू बिष्णु कुमारी श्रेष्ठ , दुर्गा श्रेष्ठ , शिर कुमारी श्रेष्ठ , बिष्णु माया श्रेष्ठ , सुजता कार्की , यमुना मगर , मनमाया श्रेष्ठ , मनमति श्रेष्ठ , पार्वती श्रेष्ठ  र जानुकी श्रेष्ठ सहभागी भएकाे गाेठगाउँका जनप्रतिनिधि शिर कुमारी श्रेष्ठ (सिर्जना) ले जानकारी गराउनु भयाे ।

एक हप्ताको अवधिमा सहभागी गृहिणी  प्रशिक्षार्थी हरूलाई अदुवाकाे क्याण्डी चक्लेट , अदुवाकाे जुस  अमलाकाे जुस र अमलाकाे अचार  बनाउन सिकाएकाे र एक हप्तामै गृहिणी  प्रशिक्षार्थीहरू  अदुवाकाे क्याण्डी चक्लेट , जुस  अमलाकाे जुस र अचार  बनाउन सक्ने भएकाे तालिमका प्रशिक्षक खेटराज कार्कीले जानकारी गराउनु भयाे  ।

जनप्रतिनिधि शिर कुमारी श्रेष्ठको प्रमुख आतिथ्यता तथा मनिषा अधिकारी ( सुवेदीको ) सञ्चालनमा हिजाे आईतवार एकहप्ते  तालिम समापन गर्दै तालिममा बनाएकाे अदुवाकाे क्याण्डी चक्लेट , जुस, अमलाकाे जुस र  अचार प्रदर्शन गर्नुकाे साथै प्रशिक्षार्थीहरू लाई प्रमाणपत्र समेत वितरण गरिएकाे समेत जनप्रतिनिधि श्रेष्ठले जानकारी गराउनु भयाे ।

तस्बिर :- शिर कुमारी श्रेष्ठ ( सिर्जना) 
 

सोमबार ११ फाल्गुन, २०८२



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट