पुष २२ रामेछाप , गाेठगाउँ सराेकार समाजकाे आजीवन सदस्य समाजसेवी मान बहादुर श्रेष्ठ (सबिन) ले गाेठगाउँ सराेकार समाजलाई रू. ३००००।- ( तीस हजार ) आर्थिक सहयाेग गर्नु भएकाे छ ।


गाेठगाउँ सराेकार समाजकाे साताैं स्थापना दिसकाे अवसरमा गाेठगाउँ - गाेठपानीकाे ७५ वर्ष भन्दा माथीकाे जेष्ठ नागरिक हरूलाई न्यानाे कपडा वितरण कार्यक्रमकाे लागि श्रेष्ठले आर्थिक सहयाेग गर्नु भएकाे थियाे ।


सराेकार समाजले रामेछाप नगरपालिका वडा नं. १ वडा कार्यालय गाेठगाउँकाे समन्वयमा साविकको वडा नं.
एक देखि साविककाे वडा नं. नाैं सम्मका गाउँमै बस्नु हुने १०४ जना जेष्ठ नागरिकहरू लाई पहिलाे चरणमा टाेल- टाेलमा पुगी न्यानाे कपडा वितरण गरि सकेकाे र छुटेको जेष्ठ नागरिकहरूलाई पनि छिटै वितरण गर्ने सराेकार समाजले सामाजिक सञ्चालबाट सार्वजनिक गरिसकेको छ ।


सराेकार समाजकाे यस कार्यक्रमकाे लागि श्रेष्ठ सगै संस्थाकाे आजीवन सदस्यहरू रविन श्रेष्ठले रू ५०००।-(पाँच हजार)सन्तलाल श्रेष्ठले रू ५०००।- (पाँच हजार ) संस्थाका अध्यक्ष संजय कुमार थापाले रू ४०००।-( चार हजार)आजीवन तथा सल्लाहकार सदस्य दिलिप श्रेष्ठले रू ४०००।- (चार हजार )उपाध्यक्ष देव कुमार श्रेष्ठले रू ३०००।- (तीन हजार)सचिव मीन बहादुर श्रेष्ठले रू ३०००।- (तीन हजार)सहसचिव कुमार श्रेष्ठले रू ३०००।- (तीन हजार) आजीवन सदस्य नारायण श्रेष्ठ रू २४००।-( दुई हजार चार सय) आजीनवन सदस्य तथा जनप्रतिनिधि शिर कुमारी श्रेष्ठ ( सिर्जना) ले रू २०००।- (दुई हजार) आजीवन सदस्य रमेशकुमार बस्नेतले रू २०००।- ( दुई हजार) आजीवन सदस्य थिर बहादुर श्रेष्ठले रू १५००।-(एक हजार पाँच सय), आजीवन सदस्य बाबुराम श्रेष्ठले रू १५००।- (एक जार पाँच सय) आजीवन तथा सल्लाहकार सदस्य खिल बहादुर श्रेष्ठले रू ११००।- ( एक हजार एक सय) आजीवन सदस्य यसाेदा श्रेष्ठले रू ११००।- (एक हजार एक सय) आजीवन सदस्य टेक बहादुर श्रेष्ठ रू ५००।-(पाच सय)आर्थिक सहयाेग गराेकाेर अझै केही सहयाेगी मनहरूले आर्थिक सहयाेग गर्ने वचन दिएकाे आजीवन तथा सल्लाहकार सदस्य दिल बहादुर श्रेष्ठले जानकारी गराउनु भयाे ।
श्रेष्ठले यस अघि पनि थुप्रै सामाजिक कार्यमा सहयाेग गर्दै आहिरहेकाे र आउदा दिनहरूमा पनि गाेठगाउँ सराेकार समाजलाई आफुले सकेकाे आर्थिक सहयाेग गर्ने वचन दिनुभएको छ ।

मंगलवार २२ पुष, २०८२