माघ २४ रामेछाप,प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा शनिवार सदरमुकाम मन्थलीमा आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारी रामेछाप विशेष पत्रकारिता पुरस्कार–२०८२ द्वारा पत्रकार नवराज श्रेष्ठलाई रू. पाँच हजार नगद सहित दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मानित भएकाे छ ।
प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिका सचिव तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका सचिव समेत रहेका श्रेष्ठ विगत डेढ दशकदेखि रामेछाप जिल्लामा सक्रिय पत्रकारितामा संलग्न रहदै आउनु भएकाे छ ।
श्रेष्ठ हाल कान्तिपुर मिडिया ग्रुपअन्तर्गत कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकमा आबद्ध रहनुकाे साथै मन्थलीबनट प्रसारण हुँदै आएको रेडियो इनर्जी १०६,२ मेगाहर्जमा समाचार प्रमुख तथा कार्यक्रम संयोजक तथा नेपाल तथ्य र तामाकोशी अनलाइन डटकमका कार्यकारी सम्पादकका रूपमा समेत कार्यरत छन् ।
बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठकाे प्रमुख आतिथ्यता, प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाकाे विशेष अतिथि तथा प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा आयाेजना गरिएको कार्यक्रममा राष्ट्रिय स्तरको पुष्पलाल स्मृति पुरस्कार घोषणा गरिएको छ,उक्त पुरस्कार नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा समाजसेवी रत्नप्रसाद गौतमको सहयोगमा हरेक वर्ष साउन ७ गते मनाइने पुष्पलाल स्मृति दिवसका अवसरमा प्रदान गर्ने गरी प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले घोषणा गर्नु भयाे ।
समारोहमा सहभागी वक्ताहरूले श्रेष्ठको निष्पक्ष, तथा समाजमुखी पत्रकारितामा पुर्याएकाे याेगदानकाे प्रशंसा गर्दै श्रेष्ठको अनुभव र कार्यशैली युवा पत्रकारहरूका लागि प्रेरणादायी रहेको बताएका थिए।
शनिबार २५ माघ, २०८२