शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

आज हरिबोधिनी एकादशी मनाइँदै


आज हरिबोधिनी एकादशी मनाइँदै

सुनौलो रामेछाप


कार्तिक २९, रामेछाप । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण तथा ठूलो एकादशीको रुपमा लिइन्छ । आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने जनविश्वास पनि रही आएको छ ।

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिने गरिन्छ । चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप मानिने पिपलसँग विवाह गरिदिने परम्परा रहेको छ ।
आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ ।

वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्व रहेको छ । हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्ने गर्छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । हरिबोधनी एकादशीको दिन काठमाडौंका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले आज सार्वजनिक विदा दिएका छन् ।
 

सोमबार २९ कार्तिक, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट