बुधबार ३१ भाद्र, २०८३ (Wednesday September 16, 2026)

 ‘अपवित्र गठबन्धन एमालेविरुद्द लागिरहेको छ’: उपमहासचिव ज्ञवाली


 ‘अपवित्र गठबन्धन एमालेविरुद्द लागिरहेको छ’: उपमहासचिव ज्ञवाली

सुनौलो रामेछाप


श्रावण १७ रामेछाप, नेकपा (एमाले)को उपमहासचिव प्रदीप कुमार ज्ञवालीले १० तिर फर्किएका दलहरु मिलेर बनेको अपवित्र गठबन्धन निरन्तर एमालेविरुद्द लागेको आरोप लगाएका छन् । 


विचार र मुद्दा नमिल्ने दलहरु मिलेर बनेको गठबन्धन निरन्तर एमालेविरुद्द लागिरहेको  ज्ञवालीले बताए । एमाले रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आज आयोजना गरेको एक जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले संघीयता नचाहने, प्रदेशको संख्या बढाइनुपर्छ भन्ने, संसदीय व्यवस्था स्वीकार गर्दैनौँ भन्ने र संसदीय व्यवस्थाको विकल्पै छैन भन्ने दलहरु गठबन्धनका नाममा एक भएर एमालेविरुद्द लागिरहेको बताएका हुन् ।

‘संघीयता खारेजीको माग गर्ने राष्ट्रिय जनामोर्चा, १४ वटा प्रदेश बनाउनुपर्छ भन्ने जसपा यही गठबन्धनमा छन्, संसदीय व्यवस्थालाई स्वीकार गरिएको छैन भन्ने प्रचण्ड र संसदीय व्यवस्थाको विकल्प छैन भन्ने काँग्रेस एकै ठाउँमा छन्’ उपमहासचिव ज्ञवालीले भने, ‘१० तिर फिर्किएका पार्टीहरुलाई एक ठाउँमा ल्याउन कुन किला काँटीले काम गर्यो त । 

‘अर्थमन्त्रीले करको दर घटाइदिने, प्रधानमन्त्रीको छोराले कम्पनी खेलेर घटेको करका दरहरुबाट लाभ उठाउने, साँचो अर्थमा भन्ने हो भने मुलुकको अर्थतन्त्र दलालको नियन्त्रमा गईसकेको छ’ उमहासचिव ज्ञवालीले भने ।

मंगलवार १७ श्रावण, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट