बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

पुष्पलालको नाममा स्थापना भएको पुष्पलाल स्मृति उद्यान अघि बढेन: अध्यक्ष आनन्द


पुष्पलालको नाममा स्थापना भएको पुष्पलाल स्मृति उद्यान अघि बढेन: अध्यक्ष आनन्द

सुनौलो रामेछाप


साउन ६, नेकपा (एमाले) रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले सरकारको प्राथमिकतामा नपरेको कारण पुष्पलालको नाममा स्थापना भएको रामेछापको पुष्पलाल स्मृति उद्यानको काम अघि नबढेको बताएका छन्।

सरकारले ५२ रोपनी भन्दा बढी जग्गा अधिग्रहण गरेर उद्यान निर्माणको काम अघि बढाएको भए पनि, अहिले उद्यानको काम अति सुस्त गतिमा बितेको छ भन्ने श्रेष्ठले बताएका छन्। पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा उहाँ जन्मेको घर सहितको जग्गा अधिग्रहण गरेर सरकारले उद्यान निर्माणको काम अघि बढाएको छ। ’काम भइरहेको छ, तर आशा लाग्दो र सन्तोषजनक हिसाबले अघि बढ्न सकेको छैन,’ श्रेष्ठले बताए ।

सुविधा सम्पन्न सभाका हल, गेष्ट हाउस, बाटिका, सङ्ग्रहालय र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र अन्य संस्थापकहरूको सालिक लगायत राख्न योजना बनाएको थियो, तर बाटिकाको निर्माण कार्य अति सुस्त गतिमा चलिरहेको छ। क्रमागत योजनाको रूपमा रहेको त्यसो परियोजनाको लागि सरकारले वार्षिक अति न्यून बजेट छुट्याउने गरेको कारण निर्माण कार्यले गति लिन नसकेको हो।

अहिले त्यो स्थानमा केही भवन बनेका भए पनि अन्य कामहरू अघि बढेको छैन। स्थानीय राज्यले अधिग्रहण गरेको जग्गा घारी बनेको छ भने जग्गामा भएका घरहरू खण्डहर बनेका छन्। उद्यानमा राख्न बनाइएको सालिक काठमाण्डौँमा मात्र छ। गङ्गालाल र पुष्पलालको जन्मिएको घरमा भत्किएको ठाउँमा ढुंगामा कुँदेर राखिएको अर्धकदको मूर्ति घाँसले ढाकेको अवस्थामा छ।

भँगेरीलाई कम्युनिष्ट र राजनीतिक पर्यटनको गन्तव्य बनाउने इच्छा पूरा भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो। शुक्रबार नेकपा एमाले रामेछाप नगर कमिटीको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले सो काम छिटो सम्पन्न गराउनको लागि सरकार र एमालेको केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउन आवश्यक रहेको उहाँले बताएका छन्।

 

शनिबार ६ श्रावण, २०८०



मतहरू

lucy

Regular maintenance and troubleshooting are vital for optimal cnc machining parts buyers performance. By following the maintenance tips provided in this article, you can prevent common issues and prolong the lifespan of your machine. If you require professional assistance, consider partnering with Epic Tool – located in Stoney Creek, Ontario. Contact us today and speak to one of our professionals!


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट