बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

नमाडी घटनामा तरुण दल रामेछापका अध्यक्ष खडका विरुद्ध पक्राउ पुर्जी जारी


नमाडी घटनामा तरुण दल रामेछापका अध्यक्ष खडका विरुद्ध पक्राउ पुर्जी जारी

सुनौलो रामेछाप


मंसिर २५, रामेछाप । गोकुलगंगा गाउँपालिका–५ नामाडीमा मंसिर ३ गते भएको कुटपिटको घटनामा नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का पनि संलग्न भएको भन्दै दावी सहित पीडित देवराज खडकाले प्रहरीमा जाहेर दिएका थिए । किटानी जाहेर दिएपछि खडकालाई पक्राउ गर्न अदातलले पक्राउ पुर्जी जारी गरेको छ ।

गत मंसिर १७ गते घटनामा संलग्न भएको आरोपमा सुमन खडकालाई प्रहरीले खिम्तीबाट पक्राउ गरेको थियो । घाइते वेदराज खडकाले रामेछाप तरुण दलका अध्यक्ष खड्का, दीपक खडका र सुमन खडकाको विरुद्ध गत मंसिर ३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा पीडित खडकाले ज्यान मार्ने अभियान अन्तर्गत किटानी जाहेरी दर्ता गराएका थिए ।

पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका काजीबहादुर खडका र दीपक खडकाको खोजी कार्य जारी रहेको प्रमुख पाठकले बताए ।

बिहीबार २५ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट