पुष २८, रामेछाप । नेकपा केपी ओली समुहले जिल्ला अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेपछि प्रचण्ड–नेपाल समुहले दुवै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
पार्टीको हित विपरीत काम गरेकाले आनन्द श्रेष्ठ र पुरुषोत्तम कडरियालाई पार्टीको साधारण सदस्यसम्म नरहने गरी निस्कासन गरिएको प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले बताए ।
दुई समुहमा विभाजित नेकपाभित्र एक समुहले अर्को समुहलाई कारवाही गर्ने काम तिब्रताका साथ अगाडी बढेको छ ।
मंगलवार २८ पुष, २०७७
Kumar karki
Garnu parxa