साउन १५ रामेछाप , रामेछाप जिल्ला गाेकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पु पहिरेमा गत १० गते बिहिवार साँझ घर माथिबाट आएकाे पहिराेले घर पुरिदा तीन किशोरीहरूकाे मृत्यु हुनुकाे साथै घरमा समेत क्षेति पुगेकाे परिवारलाई नेकपा ( एमाले) रामेछापको पहलमा आर्थिक नगद सहयोग रकम हस्तान्तरण गरेकाे छ ।

नेकपा ( एमाले) रामेछाप जिल्ला कमिटी ,रामेछाप -काठमाडौं सम्पर्क मञ्च ,नेकपा ( एमाले) बागमती प्रदेश वन तथा वातावरण विभाग , गाेकुलगंगा गाउपालिका कमिटी ,गाेकुलगंगा - काठमाडौं सम्पर्क मञ्चको संक्रियतामा संयुक्त संकलित रकम ३ लाख १५ हजार , मन्थली नगरपालिकाकाे तर्फबाट नगर प्रमुख लब श्रेष्ठले ३० हजार गरि जम्मा ३ लाख ४५ हजार रकम गाेकुलगंगा ६ फर्पु पहिरे निवासी मृतक सीता तामाङको बुबा विमान तामाङलाई घर निमार्ण / मर्मतकाे लागि १५ हजार र राहत स्वरूप १लाख १० हजार गरि जम्मा १ लाख २५ हजार, गाेकुलगंगा ६ फर्पु पहिरे निवासी मृतक लक्ष्मी तामाङको बुबा पदम बहादुर तामाङलाई राहत स्वरूप १ लाख १० हजार र गाेकुलगंगा ६ फर्पु पहिरे निवासी मृतक आशिका तामाङको बुबा पेमा तामाङलाई राहात स्वरूप १लाख १० हजार रकम सहयाेग गरेकाे थियाे ।

मंगलवार १५ श्रावण, २०८१