बैशाख २२ रामेछाप, नेकपा (एमाले) रामेछाप नगरपालिकाले स्थानीय निर्वाचनका लागि ५०बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । “समृद्ध रामेछाप नगरपालिका, सुखी रामेछाप नगरवासी” भन्ने नाराका साथ एमाले रामेछाप नगर कमिटीले ५० बुँदे प्रतिवद्धता सार्वजनिक गरेको हो ।
एमालेबाट रामेछापको नगर प्रमुखमा रोशन पाख्रिन र उपप्रमुखमा सीता कुमारी खत्री उम्मेदवार छिन् ।
प्रतिवद्धतापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, खानेपानीको सुनिश्चितता, पूर्ण विद्युतीकरण लगायतका विषयहरु समेटिएका छन् ।
यस्ता छन् बुँदाः
क. शिक्षामा पहुँच विस्तार र गुणस्तर सुधार
१. नगरपालिका भित्र प्राविधिक धारको शिक्षा विस्तार गरिनेछ ।
२. विद्यालय तहका विपन्न बालबालिकाको लागि पोशाक, खाजा, किताव, कपी र अतिरिक्त कक्षा र उच्च शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ । नगरमा विद्यालय बाहिर बालबालिका बालबालिका नरहेको सुनिश्चितता गरिनेछ ।
३. स्थानीय पाठ्यक्रमलाई निरन्तर सुधार गरी सान्दर्भिक बनाइनेछ साथै मगर, तामाङ र नेवारी भाषी विद्यार्थी बाहुल्यता भएको आधारभुत विद्यालयहरुमा मागका आधारमा मातृभाषा पठन पाठनको व्यवस्था
गरिनेछ ।
४. विद्यालयमा आवश्यक न्युनतम पुर्वाधार, मानव संसाधन र स्रोत साधनसहित ५ वर्षभित्रमा नगरपालिकाका
सबै विद्यालयलाई अंग्रेजी माध्यममा प्रतिस्पर्धात्मक शिक्षा दिन सक्षम बनाइनेछ ।
५. विद्यालयका शिक्षक तथा कर्मचारीको प्रोत्साहन गर्न “शैक्षिक सम्मान पुरस्कार”स्थापना गरिनेछ ।
६. शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
ख. गुणस्तरिय स्वास्थ्य सेवामा पहुँच वृद्धि
७. प्रदेश सरकार सँग सहकार्य गरी जिल्ला अस्पतालको विशेषज्ञ सेवालाई थप व्यवस्थित बनाइनेछ ।
८. नगरपालिकाका सबै स्वास्थ्य संस्थालाई भवन, जनशक्ति र संसाधनयुक्त बनाइनेछ ।
९. सबै वडाहरुका स्वस्थ्य संस्थामा २४ घण्टे प्रसुतिसेवा संचालन गरी गर्भ जाँच, प्रसुति जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउने कार्यक्रमलाई व्यवस्थित बनाई थप प्रवर्धन गरिनेछ ।
१०. विपन्न, दिर्घरोगी, जेष्ठ नागरिक र अशक्तहरुलाई ध्यानमा राखि निःशुल्क रुपमा एम्बुलेन्स सेवा, औषधी वितरण, स्वास्थ्य विमामा अनुदान, स्वास्थ्य शिविर तथा घरदैलोमा स्वस्थ्य परिक्षणका कार्यक्रमहरु संचालन गरिनेछ ।
११. महिला स्वयंसेविका प्रोत्साहन तथा पुरस्कार कार्यक्रमहरु संचानलन गरिनेछ ।
ग. कृषि तथा पशुपन्क्षी विकास
१२. प्रत्येक वडामा १ जना कृषि प्राविधिकको व्यवस्था गरिनेछ ।
१३. हरेक वडामा सहकारी मार्फत कृषि उपज खरिद विक्री केन्द्रको व्यवस्था गरिनेछ ।
१४. सहकारी र कम्पनीहरु मार्फत ठुलो परिमाणमा कृषि तथा पशुपालन गर्न प्रोत्साहित गरिनेछ ।
१५. उच्च मुल्य प्राप्त हुने वाली एवं तरकारी खेतीको पकेट क्षेत्रको रुपमा विकास गरिनेछ ।
१६. गाई र भैसीको नश्ल सुधार कार्यक्रम मार्फत दुध उत्पादन वृद्धि गरिनेछ ।
१७. व्यवसायिक रुपमा पशु, पंक्षी, माछा र मौरी पालन गर्न चाहने कृषकहरुलाई व्यवसायिक योजनाको आधारमा अधिकतम ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिनेछ ।
१८. खुल्ला कृषि पाठशाला संचालन गरिनेछ ।
घ. स्वच्छ र सुलभ खानेपानी तथा सरसफाई
१९. घरघरमा सुलभ र सहज खानेपानी सुविधा पु¥याइनेछ ।
२०. निर्माणधिन खानेपानी योजनाहरु यथासिघ्र सम्पन्न गराउने र संचालितलाई मर्मत सुधार व्यवस्थापन गरिनेछ ।
२१. नगर भित्रका बजारहरुका फोहर र प्रदुषण व्यवस्थापन गरी सफा र सुन्दर बनाइनेछ ।
ङ. विद्युत सेवा पहुँचमा सुनिश्चितता
२२. एक वर्ष भित्रै विद्युतिकरण रहित घरपरिवार शुन्य बनाइनेछ ।
२३. विद्युतिय चुलोमा अनुदानको व्यवस्था गरिनेछ ।
२४. आधारभुत खानेपानी र सिंचाई योजनाहरुको विद्युतिय शुल्कमा अनुदानको व्यवस्था गरिनेछ ।
२५. नगर भित्रका बजार क्षेत्र र प्रमुख सार्वजनिक क्षेत्रमा सडकबत्ती जडान गरिनेछ ।
च. सडक तथा यातायात विकास
२६. वडा कार्यालयबाट नगर केन्द्रसम्म जोडिने सडकलाई कालोपत्रे गरिनेछ ।
२७. रामेछाप बजारमा रिङ रोड बनाई कालोपत्रे गरिनेछ ।
२८. नगरको सवै वडाहरुबीचको सहज यातायात सञ्जाल कायम गर्न नगर बस सञ्चालन गरिनेछ ।
२९. नगरपालिका भित्र रहेको प्रमुख सडकहरुलाई प्राथमिकीकरण गरी स्तरोन्नती एवं ग्राभेल गरिनेछ
३०. विद्युतिय सवारीहरुलाई प्रोत्साहन गर्न सम्भाव्यताको आधारमा नगरका प्रमुख बजारमा विद्युतिय चार्जिङ स्टेसनहरु बनाईनेछ ।
३१. गाँउटोल भित्रका आवात जावात गर्ने पैदलमार्गहरुको स्तरउन्नती गरिनेछ ।
३२. नगरभित्र संचालित यातायात सेवा लाई व्यवस्थित र नियमित संचालनको व्यवस्था मिलाइनेछ ।
छ. सिँचाइ पूर्वाधार विकास
३३. पानीको स्रोतको उपलव्धताको आधारमा टोलटोलमा २० देखि ५० घरधुरीसम्म लाभान्वित हुने सिंचाई
पोखरीहरु निर्माणका लागि सहयोग गरिनेछ ।
३४. धारा, झुठोल्न लगायत खेरा जाने पानीको संकलन गरि घरघरमा सा—साना पोखरी निर्माणका अनुदान
सहयोग उपलव्ध गराइनेछ ।
३५. नगर भित्र रहेको साना ठूला सिंचाई योजनाहरुलाई सञ्चालन तथा मर्मत सुधार गरिनेछ ।
३६. जलबायु परिवर्तनले कृषिमा परेको असरलाई मध्यनजर गर्दै थोपा सिंचाई जस्ता आधुनिक सिंचाई
प्रविधिहरु प्रयोग गर्न प्रोत्साहन तथा अनुदानको व्यवस्था गरिनेछ ।
ज. कला, संस्कृति, पर्यटन तथा पुरातात्विक सम्पदा संरक्षण र विकास
३७. रामेछाप बजार र साँघुटार बजारलाई सडक, नाला÷ढल निकास, खानेपानी, विद्युत लगायतको व्यवस्था
गरी आधुनिक ग्रामीण सहरको रुपमा विकास गरिनेछ ।
३८. स्थानीय सांस्कृतिक महोत्सव, मेला, पर्व एवं जात्राहरूको सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
३९. ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्वका सम्पदाहरूको जीर्णोद्धार, संरक्षण र
संबर्धनसम्बन्धी कार्यहरू गरिनेछ ।
४०. मातृभाषाको संबर्धन, जातीय तथा क्षेत्रीय कला, संस्कृति र ललितकलाको संरक्षण र विकाससम्बन्धी कार्यहरू गरिनेछ ।
४१. मठमन्दिर, गुम्बा, धर्मशाला, पाटी पौवा, सत्तल, चौतारो, पार्क, उद्यान र ऐतिहासिक सार्वजनिक सम्पदाको संरक्षण र विकास गरिनेछ ।
४२. नगर भित्रका विभिन्न जातजातिहरुको पहिचान र मौलिक संस्कृति प्रर्वद्धन गर्न जातिय संग्राहलय स्थापना गरिनेछ ।
४३. नगरपालिका भित्र कमसेकम एउटा प्रदेशस्तरीय खेलमैदान, रंगशालाको विकास गरिनेछ ।
४४. नगरपालिका भित्रका विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको अभिलेख तयार गरी उनीहरुको योगदानको कदर तथा सम्मान् गरिनेछ साथै नगरको खेलकुद विकासमा उनीहरुको उपयोग गरिनेछ ।
ञ. महिला, बालबालिका र अपाङ्गता भएकाको अधिकार सुनिश्चितता
४५. बाल बिबाह, बहुबिबाह र घरेलु हिंसालाई पूर्णरुपमा निरुत्साहित गरिनेछ ।
४६. नगरपालिकालाई आगामी ३ वर्ष भित्र बालमैत्री नगरपालिका घोषणा गरिनेछ साथै नगरका विद्यालय र सार्वजनिक कार्यालयहरु अपाङ्गमैत्री बनाइनेछ ।
ट. विपद् व्यवस्थापन र जलवायु अनुकुलन
४७. विभिन्न विपद्हरूको सामना गर्न आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरिनेछ साथै विपद् जोखिम
न्युनिकरण र जलबायु अनुकुलन योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
ठ. सूचना प्रविधीमैत्री नगरपालिका
४८. प्रत्येक वडामा गुणस्तरिय फाइबर इन्टरनेट विस्तार गरी घर घरमा सुलभ दरमा उच्च गतिको इन्टरनेट
जडान गर्न सकिने व्यवस्था गरिनेछ ।
४९. प्रत्येक वडाका प्रमुख सार्वजनिक स्थल तथा सरकारी कार्यालयमा वाईफाई हसपट बनाई निःशुल्क
इन्टरनेटको व्यवस्था गरिनेछ ।
५०. नगरपालिका तथा वडा कार्यालयबाट दिइने सेवा प्रवाह लाई सरल तथा सहज बनाउन मोबाइल एप र
वेभवेस प्रविधि मार्फत् सेवा दिइने व्यवस्था गरिनेछ ।
नेकपा एमाले, प्रचार प्रसार तथा प्रकाशन विभाग, रामेछाप एमाले मन्थलीको घरदैलो फुलासीमा, मेयरका उम्मेदवार श्रेष्ठले जनाए यस्तो वचनवद्धता एमाले मन्थली नगर कमिटीले उम्मेदवार सहितको घरदैलो तथा चुनावी अभियान आज मन्थली १३ फुलासीमा आयोजना गरेको छ ।
नगर प्रमुखका उम्मेदवार लब श्रेष्ठ र उपप्रमुखका उम्मेदवार इश्वरी बस्नेत सहितको टोली आज फुलासी पुगेको हो । एमाले बागमती प्रदेश कमिटी सदस्य रत्न गौतमको समेत उपस्थितीमा फुलासीमा चुनावी सभा र घरदैलो कार्यक्रमको आयोजना गरिएको एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरेले जानकारी दिए ।
वडाध्यक्षका उम्मेदवार नवराज थापा मागर र ४ जना सदस्यहरुसहित मेयर र उपमेयरका उम्मेदवारले सामूहिक रुपमा घरदैलो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मेयर र उपमेयरका उम्मेदवारले स्थानीयका समस्या, आकांक्षा, आवश्यकताको टिपोट पनि गरेका छन् ।
शिक्षा, स्वास्थ्य लगायतका विषयमा कार्यक्रममा सहभागीले आफ्ना मागहरु राखेका थिए । मागका सम्बन्धमा स्थानीयसँग घरदैलोकै क्रममा मेयरका उम्मेदवार श्रेष्ठले आफूलाई विजयी गराउन अनुरोध गर्दै उनीहरुका माग पाना पाना पल्टाएर समाधान गर्ने बचतवद्धता जनाएका छन् ।
बिहीबार २२ बैशाख, २०७९