आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछापबाट एमाले नेपाल समुहमा ३१ जना केन्द्रीय सदस्य चयन


रामेछापबाट एमाले नेपाल समुहमा ३१ जना केन्द्रीय सदस्य चयन

सुनौलो रामेछाप


चैत ९, काठमाडौं । पुरानो कमिटीलाई ब्युँताउने उद्धेश्यका साथ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहले राष्ट्रिय युवा संघमा समानान्तर कमिटी गठन गरेको छ । 

काठमाडौंमा सम्पन्न भएको भेलाले यसअघि युवा संघको केन्द्रीय सदस्य रहेका रामेछापका कृष्णहरि केसी केन्द्रीय उपाध्यक्षमा र निर्बाचन आयोग अध्यक्षमा तिर्थलाल श्रेष्ठ चयन भएका छन् ।

उक्त भेलाले रामेछापबाट दिनेश राज कार्की, एलिना कार्की, टेक बहादुर श्रेष्ठ, राकेश श्रेष्ठ, संगम खडका, कमल केसी, सरोज श्रेष्ठ, सुवास थापा, सन्जय श्रेष्ठ, रामबाबु खडका, शंकर थापा, साजन सिवाकोटी, हिमाल श्रेष्ठ, नबिन श्रेष्ठ भिम प्रसाद आरन, युक्त बहादुर तामाङ, जयन्त थापा, शेखर श्रेष्ठ, दिबश थापामगर, सुमन कार्की, पुष्प सिन्जाली मगर, बिजय रानामगर, बिमल खडका, नमस श्रेष्ठ, शंकर श्रेष्ठ जनक बुढाथोकी, निङ्मार तामाङ, सम्झना श्रेष्ठ र सुबास श्रेष्ठ केन्द्रीय सदस्यमा चयन भएका छन् ।

सोमबार ९ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट