शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

माओवादि केन्द्र र एमाले माधव नेपाल पक्षको संयुक्तमा माल्यार्पण


माओवादि केन्द्र र एमाले माधव नेपाल पक्षको संयुक्तमा माल्यार्पण

सुनौलो रामेछाप


श्रावण ७, रामेछाप । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा नेकपा माओवादि केन्द्र रामेछाप नगर कमिटि र नेकपा एमाले माधव नेपाल पक्षले संयुक्त रुपमा रामेछापको भँगेरीमा श्रद्धान्जली तथा माल्यार्पण कार्यक्रम गरेको छ ।

ओलि पक्षका नेता तथा कार्यकर्ताहरुले भने छुट्टै एक कार्यक्रमको आयोजना गरी पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका हुन । गत वर्ष एकताको सन्देश सहित एकैठाउँमा संयुक्त रुपमा कार्यक्रम गरेपनि उनिहरुले यो पटक भने छुट्टै कार्यक्रम गरी पुष्पलाल श्रेष्ठले गरेको योगदानको चर्चा गरेका हुन ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । 
 

बिहीबार ७ श्रावण, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट