बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

अपाङ्गता भएका ब्यक्तिलाई स्वरोजगार मूलक तालिम


अपाङ्गता भएका ब्यक्तिलाई स्वरोजगार मूलक तालिम

सुनौलो रामेछाप


चैत ३, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको सिप क्षेमताको विकास गरी आत्मनिर्भर बनाउने उद्येश्यले १५ दिने कुसन तथा खेलौना बनाउने तालिम प्रदान गरेको छ । 

गत फागुन १७ गते बाट १५ दिनसम्म सञ्चालन भएको स्वरोजगार मूलक तालिममा नगरपालिका भित्रका ११ जना अपाङ्गता भएका व्यक्तिले सहभागिता जनाएको मन्थली नगरपालिकाले जनाएको छ ।

तालिममा सहभागि अपाङ्गता भएका व्यक्तिहरुको माग र ईच्छा शक्तिका आधारमा पुर्नताजगिय तालिम र ब्यवसायीकताका लागि नगरपालिकाले सकेको आर्थिक सहयोग पनि गर्ने मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताए । 

नगरपालिकाले आवासिय रुपमा सञ्चालन गरिएको तालिमका लागि दुईजना प्रशिक्षकको ब्यवस्था गरेको थियो । उक्त तालिममा बजारमा चलेका चार प्रकारका खेलौनाहरु बनाउन सिकाईएको थियो । 

१५ दिने तालिमबाट धेरै कुराको ज्ञान भएको भन्दै सहभागिहरु उत्साहित भएका छन् । 

मंगलवार ३ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट