साउन १९ रामेछाप, रामेछाप जिल्लामा सञ्चालित साकोसहरुका लागि कोपोमिस तालिम प्रदान गरिएको छ । यस तालिममा जिल्लाका विभन्न सहकारी संस्थाहरुबाट ४० जनाको सहभागिता रहेको थियो ।
नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्काको अध्यक्षतामा सुरु यस तालिम कार्यक्रमको उद्घाटन जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहालले गर्नुभएको थियो ।
अध्यक्ष दाहालले सहकारीका समसामयिक वस्तुस्थिति, सुशासनमा देखिएको कमजोरी साथै सहकारी संस्था सञ्चालनमा पालना गर्नुपर्ने नीति, विधि र सिद्धान्तका बारेमा प्रष्ट पार्दै सहकारीहरुले आफ्नो वित्तीय कारोबार अभियानभित्रै केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेफ्स्कूनले प्रदान गर्ने सेवा र स्तरीकरणका कार्यक्रमहरुमा सहभागी भएर बढी भन्दा बढी लाभ लिन अनुरोध गर्दै कोपोमिसमा सबै सहकारीलाई जोडिन आव्हान गर्नुभएको थियो ।
नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्काले सहकारीको समसामयिक वस्तुस्थिति बारे जानकारी गराउँदै सुशासित सहकारी अभियान निर्माणमा सबैको साथ सहयोग आवश्यक रहने बताउनुभयो । सहकारी सञ्चालनमा निति, विधि र प्रविधि प्रगोगलाई जोड दिँदै गुणस्तर सुधारका लागि स्तरीकरण कार्यक्रम र भविष्यमा आइपर्न सक्ने जोखिमबाट सुरक्षित रहन स्थिरीकरण कोषको अनिवार्य आबद्धताको विषयमा चर्चा गर्नुभएको थियो ।
सोमबार २३ श्रावण, २०७९