मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

उमाकुण्ड गाउँपालिकामा आलु चिप्स बनाउने तालिम  


उमाकुण्ड गाउँपालिकामा आलु चिप्स बनाउने तालिम  

सुनौलो रामेछाप


चैत ५, रामेछाप । उमाकुण्ड गाउँपालिकाले गरिवी निवरणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरी गाउँमै ८० जना उद्यमी उत्दान गर्ने कार्यक्रम मार्फत गाउँपालिकाको वडा नं ४ मैदानेका ७ जना आलु उत्पादन गर्ने किसानलाई नै आलु चिप्स बनाउने तालिम दिएको छ ।      

चिप्स बनाउने, प्याकिङ गर्ने, बजार सम्म लैजाने लगायतका विषयमा सहभागीहरुले तालिम लिएका छन् । गाउँपालिकाको आर्थिक सहयोग तथा ग्रामिण विजनेश प्रमोशन प्रा.लिको प्राविधिक सहयोगमा उक्त तालिम संचालन भएको हो । 

गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्कीले ७ दिन सम्म संचालन भएको तालिम समापन कार्यक्रममा बोल्दै व्यवसायिक रुपमा उद्यम गर्न चहानेहरुका लागि तालिमले व्यवसाय उद्योग स्थापना गर्ने गरी व्यवसाय सुरु गरे गाउँपालिकाले आर्थिक, भौतिक लगायतका सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।


 

बिहीबार ५ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट