बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

जुनार किसानलाई प्रोटिन वेट नामक विषादी विरतण


जुनार किसानलाई प्रोटिन वेट नामक विषादी विरतण

सुनौलो रामेछाप


चैत १३, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रामेछापले जुनार किसानलाई औंसी किरा नियन्त्रणका लागि प्रोटिन वेट नामक विषादी वितरण गरेको छ ।  

जुनार जोन संचालन गरेको रामेछाप र मन्थली नगरपालिकाका जुनार किसानलाई परियोजनाले वितरण गर्ने गरी जुनार जोनमा सूचीकृत भएका २७ ओटा संस्थालाई ५ सय ५५ लिटर प्रोटिन वेट नामक विषादी वितरण गरेको हो ।

उक्त परियोजनाले पचास प्रतिशत अनुदानमा जुनार जोन क्षेत्रमा बगैँचा व्यवस्थापन तथा क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम अन्तर्गत जुनार जोनमा सुचिकृत १३ वटा कृषक समूह, १० वटा कृषि सहकारी र ४ वटा निजी फर्म गरी २७ ओटा संस्थाहरु मार्फत किसानलाई उक्त विषादी वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रामेछापका प्रमुख होमनाथ लम्सालले बताए ।


 

शुक्रबार १३ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट