चैत २०, काठमाडौं । कपन स्थित फलैचा रेस्टुरेण्डमा एक कार्यक्रमको आयोजना गरी गीतकार तथा रचनाकार सन्तोषजंग थापाद्धारा “थाहा छैन” नामक गीतको म्युजिक भिडीयो मेल भर्सनमा सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायिका अन्जु पन्तले यस अघि “थाहा छैन” नामक गीतको फिमेल भर्सन गाएकी थिइन् ।

रोसन राईको स्वर रहेको गितमा रामकृष्ण चौलागाईंले छायांकन गरेका छन् । प्रदिपराज वन्त, मुना राई, टम्पशेर राई, सन्तोष जंग थापाले अभिनय गरेको म्युजिक भिडीयो सदभाव टिभी नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तस्बिरः मिन बहादुर श्रेष्ठ (विष्णु)
शुक्रबार २० चैत्र, २०७७
Wow nice song
rzdcbu
kyktp7
Nirmal bohora
Atti ramro lagyo agadi badnuhola best of luck