मंसिर १७, रामेछाप । रामेछापका किसानहरुको लागि पचास प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका र पाठीहरु कृषि तथा पशुपंक्षी विकास मंत्रालयका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई रामेछापले वितरण गरेको छ ।
सञ्चालन भएको बाख्रा जोन क्षेत्रबाट सुचिकृत भएका निजी फर्म, कृषि सहकारी तथा समूहलाई पहिलो चरणमा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले मंगलवार बोयर जातको १५ बोका र ११ पाठी परियोजनाको कार्यक्रम अनुसार बितरण गरे ।
गत बर्ष पनि परियोजनाले ३० वटा बोयर बोकाहरु बितरण गरेको थियो । बाख्राको नश्ल सुधार गरी मासु उत्पादन बृद्धि गर्न किसानलाई मद्दत पुगोस् भन्ने उद्देश्यले उन्नत जातका बोयर बोकाहरू उपलब्ध गराई बितरण गरिएको परियोजना कार्यन्वयन इकाई रामेछापका बरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले बताए ।
बुधबार १७ मंसिर, २०७७
Pramod kumar chaudhary
Boyar