बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

मन्थली नगर-काठमाडौं सम्पर्क मञ्चका सदस्य गिरिले गरे स्वास्थ्य सामाग्री वितरण 


मन्थली नगर-काठमाडौं सम्पर्क मञ्चका सदस्य गिरिले गरे स्वास्थ्य सामाग्री वितरण 

सुनौलो रामेछाप


जेठ २३, रामेछाप । नेकपा एमाले मन्थली नगर-काठमाडौं सम्पर्क मञ्चका सदस्य वसन्त राज गिरिको नेतृत्वमा सम्पर्क मञ्चका सदस्यहरूको तर्फबाट जनचेतनाको लागि मन्थली नगरपालिकाको चोक तथा प्रहरी चेकपोस्टमा माक्स, सेनिटाईजर, अक्सिमिटर र थरमोमिटर वितरण गरिएको छ ।

बाटोमा माक्सको प्रयोग नगरि हिड्डुल गर्ने नागरिकहरूलाई खवरदारि गर्दै निसुल्क माक्स वितरण गर्न नगरको चोक-चोकमा माक्स राखिएको र सुरक्षाकर्मीहरूले माहामारिको बेला अग्रभागमा रहि नागरिकहरूलाई सुरक्षा दिन आफु पनि सुरक्षित रहनुपर्छ भन्ने उदेश्यले प्रहरी चेकपोस्टमा स्वास्थ्य सामाग्री वितरण गरिएको नेकपा एमाले रामेछाप नगर कमिटीको सचिव सुन्दर घिमिरेले सुनौलो रामेछापलाई जानकारी गराउनु भयो ।

आगामी दिनमा मन्थली नगर लगायत रामेछापका प्रतेक पालिकामा पनि स्वास्थ्य सामाग्री वितरण गर्दैजाने र कतिपय पालिकामा वितरण गरि सकिएको जानकारी सचिव घिमिरेले सुनौलो रामेछापलाई गराउनु भयो ।

आईतवार २३ जेष्ठ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट