बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

गोठगाउँ वडा सम्पर्क मञ्चको अध्यक्षमा कुमार श्रेष्ठ


गोठगाउँ वडा सम्पर्क मञ्चको अध्यक्षमा कुमार श्रेष्ठ

सुनौलो रामेछाप


बैशाख १२, काठमाडौं । नेकपा एमाले रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको मातहतमा रहने गरी कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य नेकपा एमाले गोठगाउँ वडा – काठमाडौं सम्पर्क मञ्च गठन भएको छ । 

रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा नगरको युवा नेता श्याम घिमिरे, रोशन पाख्रिन, रक्षा रैका मगर, सुजन कुमार श्रेष्ठ, सबिन बस्नेत, शेर बहादुर रैका मगर, गणेश कुमार श्रेष्ठ, क्षेत्रबहादुर मगर, खिल बहादुर श्रेष्ठ नगर सम्पर्क मञ्चका पदाधिकारी, सदस्यहरु लगाायत नगरका नेता कार्यकर्ताहरु उपस्थित रहेको नगर सम्पर्क मञ्चको नियमित बैठकले रामेछाप न.पा. वडा नं. १ गोठगाउँमा वडा सम्पर्क मञ्च गठन गरेको छ । 

वडा सम्पर्क मञ्चमा अध्यक्ष श्रेष्ठ लगाायत उपाध्यक्ष पहल बहादुर बोहोरा, सचिव शंकर बस्नेत, सह–सचिव सुजन कार्की, कोषाध्यक्ष राजकुमार बुढाथोकी सहित ११ सदस्यीय सम्पर्क मञ्च गठन भएको जानकारी वडा सम्पर्क मञ्चका अध्यक्ष कुमार श्रेष्ठले सूनौलो रामेछापलाई जानकारी गराए ।

बैठकले गोठगाउँसँगै रामेछाप न.पा. वडा नं. ४ हिमगंगा वडा–काठमाडौं सम्पर्क मञ्च समेत शंकर घिमिरेको अध्यक्षतामा ५ सदस्य वडा सम्पर्क मञ्च गठन गरेको रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको निर्णय अनुसार बाँकी वडाहरुको क्रमशः वडा सम्पर्क मञ्च गठन गर्दै जाने नगर सम्पर्क मञ्चका सह–सचिव चुडाकुमार कार्कीले सुनौलो रामेछापलाई जानकारी गराए । 
तस्बिरः खिल बहादुर श्रेष्ठ 

आईतवार १२ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट