भदौ १७ ,रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यलय रामेछापका सभापति लवश्री न्यौपाने र महासमितिका सदस्य कान्छाराम तमाङ्गले आजै सभापतिमा उम्मेद्धारी दिने दोहोर्याएका छन् ।
आसन्न १४ औं महाधिवेशनको संघारमा रहेका बेला हिजो मन्थली नगरपालिका ४ सालुको काँग्रेस पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सभापति न्यौपाने महासमिति सदस्य तमाङ्गले भने – नेपाली काँग्रेसको संगठनलाइ जुझारु बनाउन आफुहरुको उमेद्धवारी आवश्यक भएको कुरा दोहोर्याएका हुन् ।

पार्टी कम्जोर भयो भनेर आरोप लागि रहेको बेला स्थानिय समितिले जिल्ला सभापति न्यौपाने लाई प्रमुख अतिथि र कान्छारामलाई विशिष्ठ अतिथि बनाएर नेपाली काँग्रेस सालुपाटि ईकाइले पार्टिको १४ औं महाधिवेशनलाई लक्षित गरि भब्य कार्यक्रमका विच कार्यालय उद्घाटन् तथा पार्टी प्रवेश कार्यक्रम राखेको थियो ।
कार्यक्रममा नेकपा (एमाल)े, नेकपा माओवादी र जनता समाजबादी पार्टी (जसपा)बाट समेत साँढे २ सय भन्दा बढि युवा कार्यकर्ता लाईन लागेरै नेपाली काँग्रसमा प्रवेश गरेका थिए । नब प्रवेशि सबैजनालाई प्रमुख अतिथि र विशिष्ठ अतिथिले खादा र अविर लगाएर कार्यक्रममा स्वागत गरेका थिए ।
कार्यक्रमकममा विशिष्ठ अतिथिको रुपमा काठमाडौंबाटै हेलिकप्टर लिएर आउनु भएको पूर्णबहादुर तामाङ (कान्छाराम) आफुले जिल्लाको र समाजको विकासमा दर्जनौ कामहरु गरेको उदाहरण दिँदै त्यसैको निरन्तरता र कांगे्रस पार्टिको संगठन सुद्रिढीकरणकालागि आफुले उमेद्वारी दिन लागेका भ्रन्दै आफुलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले आफनो हेलिकप्टर र स्वास्थ्यको क्षेत्रमा पनि लगानि भएको नाताले जिल्लााका विपन्न परिवारलाई अप्ठेरो परेको बेलामा हेलिकप्टरबाट उद्धार गरि उपचार गराउने बचन दिएका छन् । उनले भने अरुलाई पनि परेको बेलामा ईन्धन र चालक खर्च मात्र कटाएर हेलिकप्टरबाट सेवा गर्छु । सालुमा भएका २६ जना प्रतिनिधिहरुले आफलाई भोट हाल्न पनि उनले अग्रग गरे ।’
सालु ईकाईका सभापति निर बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव लेख बहादर कार्कि कोषाध्यक्ष ,कुमार श्रेष्ठ ,महाअधिवेसन प्रतिनिधि रत्न कार्की प्रदेश ख का सभापति विनोद कार्की, जिल्ला सदस्य केशव महत, प्रदेश ख का सचिव निरोज कुमार खड्का लगायतका नेता तथा कार्यकर्ताहरुले काँग्रेसको आसन्न महाधिवेसनलाई

सिद्धान्त र संगठन मैत्री बनाउन आग्रह गर्दे त्यसतर्फ सचेत रहन पनि कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
बिहीबार १७ भाद्र, २०७८