आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछापमा एमालेको कार्यक्रमहरु सञ्चालन, अरु पार्टी भने अझै अलमलमा


रामेछापमा एमालेको कार्यक्रमहरु सञ्चालन, अरु पार्टी भने अझै अलमलमा

सुनौलो रामेछाप


फागुन ५ रामेछाप, सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३०मा घोषणा गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले चुनावलाई केन्द्रीत गर्दै कार्यक्रम सुरु गरिसकेको छ । 
एमाले रामेछापको जिल्ला कमिटी बैठक अनुसार आठ वटै स्थानीय तह र ६४ वटै वडामा कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले वडाको टोलटोलमा पुगेर चुनाव केन्द्रीत कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

एमालेले चुनावी कार्यक्रम बनाएर अभियान सञ्चालन गर्ने निर्णय गरेपनि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने अझैपनि अलमलमै देखिएका छन् । एमसीसीको विषयलाई लिएर विवाद हुँदा सत्ता गठबन्धनमा आबद्ध दलहरुले चुनाव केन्द्रीत कार्यक्रम सार्वजनिक गर्न भने सकिरहेका छैनन् । माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानले पार्टी केन्द्रको निर्णय अनुसार मात्र पार्टीले चुनावी कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।
 

बिहीबार ५ फाल्गुन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट