भदौ १९ रामेछाप, आउँदो मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘क’ बाट नेपाली काँग्रेसको तर्फबाट पार्टी जिल्ला उप–सभापति लेख बहादुर कार्कीले टिकेटमा दावी गरेको छ ।
२०४५ सालमा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका कार्कीले निरन्तर पार्टीमा योगदान दिंदै आइरहेका छन् ।
‘पछिल्लो समयमा राजनिती प्रति समाजका सबै बर्गको विश्वास हराउँदै गएको छ । यो विश्वास हराउँदै गएको राजनीतिलाई विश्वास जगाएर सम्पन्न समाज बनाउने कार्यको लागि मेरो उम्मेदवारी रहेको उपसभापति कार्कीले बताए ।
उनका अनुसार,‘जनताहरुमा शिक्षा, स्वास्थ्य,खानेपानीको सहज पहुँच पुर्याउन जरुरी छ त्यसको लाथि ३ तहकै सरकारले योजना बनाएर काम गर्दा रामेछाप ‘क’ प्रदेशमा ५ बर्ष भित्र पुरै परिवर्तन गर्न सकिन्छ ।’
आईतवार १९ भाद्र, २०७९