शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

रोशन पाख्रिन नै किन ?


रोशन पाख्रिन नै किन ?

सुनौलो रामेछाप


बैशाख १३ रामेछाप, रामेछाप जिल्लाबाट रामेछाप नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट रोशन पाख्रिन उम्मेदवार रहेका छन् । 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा केही मतान्तरले पराजित भएपनि पाख्रिनले रामेछाप नगरका लागि निकै योगदान दिएका छन् । रामेछाप जिल्लाकै प्रतिष्ठाको नजरले हेरिने जिल्ला अस्पतालको सफल नेतृत्व गरेर पक्की भवन र गुणस्तरीय स्वास्थ्य सुविधा दिलाउनमा  पाख्रिनले ठूँलो र महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

कोरोना महामारीको समयकालमा उनले आफैँ ढल्केबर पुगेर अक्सिन ग्यास ल्याएर बिरामीलाइ सहयोगसम्म गरे । दरबन्दी अनुसार चिकित्सकको प्रवन्धका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको ढोकामा कयौँ पटक धाए । युवा उमेरमा जनताका लागि राम्रो काम गर्न सकिन्छ भन्ने लोकप्रीय पात्र हुन् रोशन पाख्रिन ।

पाख्रिन नै किन ?

रेशन पाख्रिनले १६ वर्षसम्म एनजीओमा काम गरेका छन् । अधिकृतको रुपमा गैरसरकारी संस्थामा क्रियाशील रहँदा उनको प्राथमिकतामा जहिल्यै रामेछाप नगर नै पर्यो । बालबालिकाको विकासदेखि युवा सशक्तिकरण सम्मका काम उनले एनजीओमार्फत गरेका छन् ।

२ पटकसम्म जिल्ला अस्पताल रामेछापको अध्यक्ष समेत बनेका छन् । चिकित्सकीय सेवाका दृष्टिकोणले होस् वा अस्पतालको भौतिक विकासको हिसाबले होस्, जिल्ला अस्पताल रामेछापको इतिहासकै सबैभन्दा सफल अध्यक्ष हुन् रोशन पाख्रिन । जिल्ला अस्पताल रामेछापमा पाख्रिन पहिलोपटक अध्यक्ष हुँदा एउटा मात्रै पक्की भवन थियो, त्यो पनि पूरानो मोडलको । तर, उनले अस्पतालको मुहार नै फेरिदिएका छन् ।

उनले नगरको विकासको मोडल नै बनाएका छन् । नगर भित्रका ९ वटै वडालाई कसरी विकासका निर्माणका दृष्टिकोणले समान विकास गर्न सकिन्छ भन्ने उनले खाका नै कोरेका छन् ।

जुनारको पकेट क्षेत्रलाई अझ बढी ब्राण्डिङदेखि पुष्पलाल र गंगालालको जन्मस्थल भंगेरीलाई विश्व कम्युनिष्टहरुको अध्ययन केन्द्रका रुपमा विकास गर्ने उनको धोको छ । गाउँ गाउँमा मझौला उद्योगहरु खोल्नेदेखि कृषिमार्फत आर्थिक उपार्जनका गजबका उपाय उनले पहिल्याएका छन् ।

यसकारण, अनुभव र युवा जाँगरले भरिएका रोशन पाख्रिनले यसपाली रामेछाप नगरको मेयरमा बाजी मार्ने दाबी हुँदै आएको छ । उनको उम्मेदवारी घोषणा नहुँदै उनलाई रामेछाप नगरबाट एमालेको मेयरको उम्मेदवारका रुपमा हेरिँदै आईएको थियो । सोही अनुसार उनैलाई एमालेले उभ्यायो ।


 

मंगलवार १३ बैशाख, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट