आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछाप नगरपालिकालाई देशकै नमूना बनाएर देखाउने छु :पाख्रिन


रामेछाप नगरपालिकालाई देशकै नमूना बनाएर देखाउने छु :पाख्रिन

सुनौलो रामेछाप


बैशाख १८ रामेछाप,  नेकपा (एमाले) रामेछाप नगरपालिकाकाबाट नगरप्रमुखका उम्मेदवार रहेको रोशन पाख्रिनले यस पटक आफूलाई रामेछाप नगरवासीले जिताउने दाबी गरेका छन् । 
  आज रामेछाप नगरपालिकाको ओख्रनीमा आयोजित घरदैलो अभियानलाई सम्बोधन गर्दै नगरप्रमुखका उम्मेदवार पाख्रिनले आफूले गरेको कामको मुल्यांकलन गरेर पनि नगरवासीले मत दिने विश्वास व्यक्त गरे । उनले भने,‘जिल्ला अस्पतालको अध्यक्ष भएर अस्पतालाई नमूना बनाएर देखाए, अब रामेछाप नगरपालिकालाई पनि देशकै नमूना बनाएर देखाउने योजना छ ।’ उनले नगरको विकास र समृद्धिको लागि पनि आफूलाई मतदान दिन आग्रह गरे ।
 

आईतवार १८ बैशाख, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट