आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

सराेकार समाजकाे नव वर्ष अगावै भित्तेपात्राे लाेकार्पण


सराेकार समाजकाे नव वर्ष अगावै भित्तेपात्राे लाेकार्पण

सुनौलो रामेछाप


चैत २६ काठमाडौं , गाेठगाउँ सराेकार समाजले नयाँ वर्ष २०८० लाग्नु भन्दा छ दिन अगाडिनै शुभकामना आदानप्रदान तथा नयाँ सालकाे भित्तेपात्राे लाेकार्पण कार्यक्रम सम्पन्न गरि सकेकाे छ ।

चैत २५ गते शनिवार मेघा फुट क्याफे सामाखुसीमा नेपाल सरकार महालेखा परिक्षक कार्यलयका उप सचिव लेख बहादुर थापाकाे प्रमुख आतिथ्यमा तथा सराेकार समाजको अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षतामा कार्यक्रमकाे आयाेजना गरि भित्तेेपात्राे लाेकार्पण गरेकाे थियाे ।

शुभकामना आदानप्रदान तथा भित्तेपात्राे लाकार्पण कार्यक्रममा विचार वाटिका मिडिया प्रा.लि.का कानुनी सल्लाहकार तथा अधिवक्ता याम प्रसाद भट्टराई ,ब्लड डाेनर्स एसाेसिएशन नेपाल(ब्लाेदान) काठमाडौं जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्का सराेकार समाजका कानुनी सल्लाहकार तथा अधिवक्ता ईश्वरीप्रसाद सापकाेटा ,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ ,गाेठगाउँका भु.पु.शिक्षक बद्री प्रसाद सापकोटा ,लिखु संगम बचत तथा ऋण सहकारी संस्थाका सचिव धुर्ब कुमार श्रेष्ठ ,युवा व्यवसायी बद्री बस्नेत, भाग्यरेखा बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक प्रविन श्रेष्ठ ,युवा व्यवसायी जीवन श्रेष्ठ अतिथि रहनु भएकाे थियाे ।

 कार्यक्रममा सराेकार समाजका उपाध्यक्ष देव कुमारी श्रेष्ठले स्वागत मन्तव्य राख्नुकाे साथै सचिव मीन बहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे ,कार्यक्रम प्रमुख अतिथि लेख बहादुर थापा ,अतिथिहरू याम प्रसाद भट्टराई ,ईश्वरीप्रसाद सापकोटा ,दिल बहादुर श्रेष्ठ ,बद्री प्रसाद सापकोटा ,बद्री बस्नेत लगायतले गाेठगाउँ सराेकार समाजले गाेठगाउँकाे सामाजिक कार्यमा महत्त्वपूर्ण याेगदान पुर्याउदै आहिरहेकाे र यस कार्यलाई आउदाे दिनहरूमा पनि निरन्तरता दिहिरहन सकाेस भन्ने शुभकामना समेत व्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे जानकारी पाएर पनि विभिन्न कारणले गर्दा कार्यक्रममा उपस्थिति हुन नसकेता पनि ब्लाेदानका केन्द्रीय सदस्य ठाकुर दास श्रेष्ठ ,वातावरण विद डा. कमल राई र अर्थ सवाल मिडिया प्रा.लि.का अध्यक्ष रमेश कुमार बाेहाेराले फाेन मार्फत कार्यक्रम सफलताको कामना गर्दै सराेकार समाज परिवार लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण जनालाई नयाँ वर्षकाे शुभकामना सन्देश पठाउनु भएकाे जानकारी विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष तथा सराेकार समाजका सल्लाहकार सदस्य दिल बहादुर श्रेष्ठ (दिलिप)ले कार्यक्रममा जानकारी गराउनु भयाे ।

  कार्यक्रम लाेकार्पण सम्पन्न भए सगै केहिदिन भित्रनै सधैझै याे वर्षपनि गाेठगाउँ -गाेठपानीकाे घर-घरमा पुग्ने गरि भित्तेपात्राे पठाउने सराेकार समाजका सहसचिव तथा भित्तेपात्राे प्रकाशन समितिका सदस्य कुमार श्रेष्ठले सुनाैलाे रामेछापलाई जानकारी गराउनु भयाे ।

 तस्बिर:खिल बहादुर श्रेष्ठ 

 

आईतवार २६ चैत्र, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट