पुष १५ काठमाडौं ,गाेठगाउँ सराेकार समाजको पाँचौ स्थापना दिवसको अवसर पारी ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काठमाडौं जिल्ला शाखाकाे सहकार्य तथा कान्तिपुर अस्पताल रक्तसञ्चार सेवाको प्रविधिक सहयाेगमा गाेठगाउँ सराेकार समाज द्वारा आयाेजीत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काे केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिकाे प्रमुख आतिथि तथा सराेकार समाजकाे अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षतामा आयाेजना गरिएकाे रक्तदान कार्यक्रम ब्लाेदानका केन्द्रीय सदस्य किशाेर राज वन्त ,काठमाडौं जिल्ला अध्यक्ष जनक कुमार खड्का, उपाध्यक्ष तिलक बहादुर अधिकारी ,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ ( दिलिप) ए एस जी आई केयरका मार्केटिङ मेनेजर एच वि मल्ल ,पूर्व शिक्षक तथा पूर्व जनप्रतिनिधि यम बहादुर महत ,पूर्व शिक्षक बद्री प्रसाद सापकोटा ,ब्लाेदन जिल्ला सदस्य सीता न्याैपाने ,अभियानता लिला खनाल अतिथि रहनु भएकाे थियाे ।

काठमाडौं महानगर पालिका वडा नम्बर ४ धुम्बाराही शंखपार्कमा आयाेजना गरिएकाे खुल्ला रक्तदान कार्यक्रममा सराेकार समाजका अध्यक्ष थापाले कार्यक्रम लाई सफल पार्न सहयोग गर्नुहुने ब्लाेदान काठमाडौं जिल्ला शाखा,कान्तिपुर अस्पताल रक्तसञ्चार सेवा,विचार वाटिका मिडिया प्रा.लि.,फास्ट फुट एण्ड शान्दार म:म सेन्टर ,सार्जन राई ,शंखपार्क एकाई लागायत विभिन्न माध्यमबाट सहयाेग पुर्याउनु हुने सम्पूर्ण जनालाई धन्यवाद व्यक्त गर्नुभएको थियाे।


तस्बिर: खिल बहादुर श्रेष्ठ
आईतवार १५ पुष, २०८०