माघ १३, रामेछाप । बिहिबार सम्पन्न सातौ पदस्थापन समारोहमा रामेछाप जेसीज वर्ष २०२१ का लागि निर्वाचित अध्यक्ष जीवन कार्की लगायतका पदाधिकारिले पदभार ग्रहण गरेका छन् ।
गत पौष ११ गते भएको साधारणसभाबाट निर्वाचित अध्यक्ष जीवन कार्की, कार्यकारी उपाध्यक्ष द्वय सरस्वती राय र प्रज्वल बुढाथोकी, महासचिव सन्तोष खत्री, सहसचिव ज्ञानु श्रेष्ठ, कानुनी सल्लाहकार रामहरी सापकोटा, उपाध्यक्षहरु संगिता श्रेष्ठ, कुमार श्रेष्ठ, धिरज खत्री, सन्तोष भट्टराई, कोषाध्यक्ष बिमल पौडेल र सहकोषाध्यक्ष यादव केसीले एकै पटक पदभार ग्रहण गरेका छन् ।
रामेछाप जेसिजका अध्यक्ष जीवन कार्कीले पदभार ग्रहण गर्दै वर्ष २०२१ मा रामेछाप जेसिजको आतिथ्यतामा हुने नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन उत्कृष्ठका साथ सफल बनाउने र बाँकी सामाजिक कार्य गरिने बताए । जेसिज रामेछापले गर्ने विभिन्न गतिविधिहरु जेसिजको मर्म र भावना बमोजिम गर्दै जाने विश्वास अध्यक्ष कार्कीले व्यक्त गरे ।
मंगलवार १३ माघ, २०७७