आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

सातौ पदस्थापन समारोहमा रामेछाप जेसीज वर्ष २०२१ का पदाधिकारीले ग्रहण गरे पदभार 


सातौ पदस्थापन समारोहमा रामेछाप जेसीज वर्ष २०२१ का पदाधिकारीले ग्रहण गरे पदभार 

सुनौलो रामेछाप


माघ १३, रामेछाप । बिहिबार सम्पन्न सातौ पदस्थापन समारोहमा रामेछाप जेसीज वर्ष २०२१ का लागि निर्वाचित अध्यक्ष जीवन कार्की लगायतका पदाधिकारिले पदभार ग्रहण गरेका छन् । 

गत पौष ११ गते भएको साधारणसभाबाट निर्वाचित अध्यक्ष जीवन कार्की, कार्यकारी उपाध्यक्ष द्वय सरस्वती राय र प्रज्वल बुढाथोकी, महासचिव सन्तोष खत्री, सहसचिव ज्ञानु श्रेष्ठ, कानुनी सल्लाहकार रामहरी सापकोटा, उपाध्यक्षहरु संगिता श्रेष्ठ, कुमार श्रेष्ठ, धिरज खत्री, सन्तोष भट्टराई, कोषाध्यक्ष बिमल पौडेल र सहकोषाध्यक्ष यादव केसीले एकै पटक पदभार ग्रहण गरेका छन् ।

रामेछाप जेसिजका अध्यक्ष जीवन कार्कीले पदभार ग्रहण गर्दै वर्ष २०२१ मा रामेछाप जेसिजको आतिथ्यतामा हुने नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन उत्कृष्ठका साथ सफल बनाउने र बाँकी सामाजिक कार्य गरिने बताए । जेसिज रामेछापले गर्ने विभिन्न गतिविधिहरु जेसिजको मर्म र भावना बमोजिम गर्दै जाने विश्वास अध्यक्ष कार्कीले व्यक्त गरे ।
 

मंगलवार १३ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट