मंसिर २८, रामेछाप । हालसम्मकै सबैभन्दा ठूलो विद्यालय भवन रामेछाप जिल्लामा निर्माण हुने भएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा मन्थलीमा बन्न लागेको नयाँ विद्यालय भवनको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले एक कार्यक्रमकोबीच हिजो शिलान्यास गर्नुभयो । मन्थली नगरपालिकाको मन्थली माविको नयाँ भवन जिल्लाकै ठूलो बन्न लागेको हो ।
मन्थली माविका प्रअ टंक दाहाल भन्छन्, नमूना विद्यालयको रुपमा स्थापित मन्थली माविमा जिल्लाकै ठूलो विद्यालय भवन निर्माण हुनु खुसीको विषय भएको हो । पाँच सय जना अटाउने सभाहल सहित ३६ कोठे विद्यालय भवन निर्माण हुन लागेको हो । करिब २० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको विद्यालयमा १२÷१२ कोठे तीन वटा ब्लक रहने गरी डिजाइन गरिएको छ ।
विद्यालय भवन निर्माणको ठेक्का खानी निर्माण सेवाले पाएको छ । १४ करोड २ लाख लागतमा भवन निर्माण हुने खानी निर्माण सेवाका सञ्चालक रत्न गौतमले बताउनुभयो । नयाँ बन्ने विद्यालय भवन परिसरमा तीन वटा शौचालय रहने छ ।
इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्ट (इआरएमसी)ले आधुनिक र प्रविधिमैत्री रुपमा विद्यालय भवनको डिजाइन गरेको छ । भवन भुकम्प प्रतिरोधी रुपमा डिजाइन गरिएको छ । विद्यालय भवनको डिजाइन र सुपरभिजनको काम समेत इआरएमसीले पाएको छ ।
आगामी १८ महिनाभित्र आधुनिक र सुविधा सम्पन्न नयाँ विद्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
आईतवार २८ मंसिर, २०७७
Isabell Mallard
Hey, Ever feel like no matter how hard you try, success always seems just out of reach? Maybe you've set big goals—starting a business, improving your health, or hitting a financial milestone—only to lose momentum. It’s frustrating, right? Here’s the thing: It’s not your fault. Most people don’t fail because they lack motivation. They fail because they don’t have a proven system to follow. What if I told you there’s a step-by-step process designed to help you finally break free and start achieving your biggest goals—without the guesswork? Click here to discover how it works: https://marketersmentor.com/formula-for-success.php?refer=sunauloramechhap.com&real=yes Talk soon, Isabell Unsubscribe: https://marketersmentor.com/unsubscribe.php?d=sunauloramechhap.com&real=yes