बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

रामेछाप जिल्लाकै सबैभन्दा ठूलो विद्यालय भवन  मन्थलीमा निर्माण हुँदै


रामेछाप जिल्लाकै सबैभन्दा ठूलो विद्यालय भवन  मन्थलीमा निर्माण हुँदै

सुनौलो रामेछाप


मंसिर २८, रामेछाप । हालसम्मकै सबैभन्दा ठूलो विद्यालय भवन रामेछाप जिल्लामा निर्माण हुने भएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा मन्थलीमा बन्न लागेको नयाँ विद्यालय भवनको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले एक कार्यक्रमकोबीच हिजो शिलान्यास गर्नुभयो । मन्थली नगरपालिकाको मन्थली माविको नयाँ भवन जिल्लाकै ठूलो बन्न लागेको हो । 

मन्थली माविका प्रअ टंक दाहाल भन्छन्, नमूना विद्यालयको रुपमा स्थापित मन्थली माविमा जिल्लाकै ठूलो विद्यालय भवन निर्माण हुनु खुसीको विषय भएको हो । पाँच सय जना अटाउने सभाहल सहित ३६ कोठे विद्यालय भवन निर्माण हुन लागेको हो । करिब २० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको विद्यालयमा १२÷१२ कोठे तीन वटा ब्लक रहने गरी डिजाइन गरिएको छ ।

विद्यालय भवन निर्माणको ठेक्का खानी निर्माण सेवाले पाएको छ । १४ करोड २ लाख लागतमा भवन निर्माण हुने खानी निर्माण सेवाका सञ्चालक रत्न गौतमले बताउनुभयो । नयाँ बन्ने विद्यालय भवन परिसरमा तीन वटा शौचालय रहने छ । 

इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्ट (इआरएमसी)ले आधुनिक र प्रविधिमैत्री रुपमा विद्यालय भवनको डिजाइन गरेको छ । भवन भुकम्प प्रतिरोधी रुपमा डिजाइन गरिएको छ । विद्यालय भवनको डिजाइन र सुपरभिजनको काम समेत इआरएमसीले पाएको छ । 

आगामी १८ महिनाभित्र आधुनिक र सुविधा सम्पन्न नयाँ विद्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
 

आईतवार २८ मंसिर, २०७७



मतहरू

Isabell Mallard

Hey, Ever feel like no matter how hard you try, success always seems just out of reach? Maybe you've set big goals—starting a business, improving your health, or hitting a financial milestone—only to lose momentum. It’s frustrating, right? Here’s the thing: It’s not your fault. Most people don’t fail because they lack motivation. They fail because they don’t have a proven system to follow. What if I told you there’s a step-by-step process designed to help you finally break free and start achieving your biggest goals—without the guesswork? Click here to discover how it works: https://marketersmentor.com/formula-for-success.php?refer=sunauloramechhap.com&real=yes Talk soon, Isabell Unsubscribe: https://marketersmentor.com/unsubscribe.php?d=sunauloramechhap.com&real=yes


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट