माघ २, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले मन्थलीमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्न स्थायी कमिटी सदस्य एवं पूर्व पर्यटन मन्त्री योगेश भट्टराई माघ ४ गते रामेछाप आउने भएका छन् ।
भेलामा प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य, नगर र गाउँ कमिटीका सदस्य, वडा कमिटीका सदस्य सल्लाहकार परिषद् जनप्रतिनिधि लगायतको सहभागीता हुने नेकपाका नेता ज्ञान कुमार श्रेष्ठले बताए ।
शुक्रबार २ माघ, २०७७