मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

संविधान लिएर प्रचण्ड–नेपाल समुह जिल्ला प्रशासन कार्यालय रामेछाप जाँदै


संविधान लिएर प्रचण्ड–नेपाल समुह जिल्ला प्रशासन कार्यालय रामेछाप जाँदै

सुनौलो रामेछाप


पुष २४, रामेछाप । प्रचण्ड नेपाल समुहले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरहेको जानकारी गराउन आज जिल्ला प्रशासन कार्यालय रामेछापमा संविधान बुझाउन लागेका छन् ।

असंवैधानिक कदमको बारेमा संविधान पुनः पढ्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नको लागि जिल्ला प्रशासन कार्यालय मार्फत संविधान पठाउन लागिएको प्रचण्ड नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले बताए ।

आज रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मालाई संविधान बुझाइने कार्यक्रम प्रचण्ड–नेपाल समुह रामेछाप जिल्लाका नेता देवशकंर पौडेलको नेतृत्वमा भएको हो । आज आन्दोलनरत उक्त समुहले ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधान पठाउने कार्यक्रम रहेको छ ।
 

शुक्रबार २४ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट