पुष २४, रामेछाप । प्रचण्ड नेपाल समुहले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरहेको जानकारी गराउन आज जिल्ला प्रशासन कार्यालय रामेछापमा संविधान बुझाउन लागेका छन् ।
असंवैधानिक कदमको बारेमा संविधान पुनः पढ्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नको लागि जिल्ला प्रशासन कार्यालय मार्फत संविधान पठाउन लागिएको प्रचण्ड नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले बताए ।
आज रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मालाई संविधान बुझाइने कार्यक्रम प्रचण्ड–नेपाल समुह रामेछाप जिल्लाका नेता देवशकंर पौडेलको नेतृत्वमा भएको हो । आज आन्दोलनरत उक्त समुहले ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधान पठाउने कार्यक्रम रहेको छ ।
शुक्रबार २४ पुष, २०७७