शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

रामेछाप जिल्लाकै लामो पक्की पुल बन्दै


रामेछाप जिल्लाकै लामो पक्की पुल बन्दै

सुनौलो रामेछाप


माघ २१, काठमाडौं । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को तामाकोसी नदीमा रामेछाप जिल्लाको  हालसम्मकै लामो पक्की पुल निर्माण हुनेभएको छ । 

उक्त पुलको लम्बाई २ सय ३० मिटर रहेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले बताएको छ ।

पुल निर्माणको कामको लागि ठेक्का सम्झौता समेत गरिसकेको पुल महाशाखाका एक इन्जिनियरले बताए । उनका अनुसार २८ करोड ८३ लाख ११ हजार ७ सय रुपैयाँमा पुल निर्माण हुन लागेको हो । कालिकारकल्पवृक्ष जेभीले निर्माणको जिम्मा पाएको छ । पुलको डिजाइन गरेकै कम्पनीले पुल निर्माण गर्न लागेको हो ।

आगामी तीन बर्षभित्रमा पुल निर्माण सम्पन्न हुने पुल महाशाखाले बताएको छ । सदरमुकाम मन्थलीबाट रामेछाप जिल्लाको तीन गाउँपालिका जोडने उक्त पुल निर्माण भएपछि निकै सजिलो हुनेछ । 

बुधबार २१ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट