पुष २३, मन्थली । नेपाल कम्युनिष्ट पाटी नेकपा रामेछापको तेस्रो जिल्ला कमिटि बैठक तथा बिस्तारित भेलाले पाटी अध्यक्ष मैनकुमार मोक्तान र पाटी सचिव शान्ति प्रसाद पौडेललाई पाटी एकता विरोधी गतिविधि गर्दै हिँडेको पाटीको लोगो, लेटरहेड, झण्डालाई दुरुपयोग गरेको भन्दै जिम्मेवारीबाट पद मुक्त गरी आनन्द श्रेष्ठ र पुरुषोत्तम कडरियालाई अध्यक्ष र सचिवमा चयन गरेको छ ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं बाग्मति प्रदेशका सचिव आनन्द प्रसाद पोखरेलले मोक्तान र पौडेलले पाटी विपरीत गतिविधिलाई अघि बढाएकाले उहाँहरुलाई आजैबाट पद मुत्त गरी उत्त पदमा रामेछापका जनताले खोजेको, रोजेको युवा नेता आनन्द श्रेष्ठलाई अध्यक्ष र पुरुषोत्तम कडरियालाई सचिवमा मनोनित गरेको घोषणा गरेका थिए ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य इश्वर पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं बाग्मति प्रदेशका सचिव आनन्द प्रसाद पोखरेल, केन्द्रिय सदस्य एवं बाग्मति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, केन्द्रिय सदस्य एवं युवा परिषदको कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, केन्द्रिय सदस्य एवं पुर्व मन्त्री कमल प्रसाद चौलागाईं, केन्द्रिय सदस्यहरु तुला प्रसाद कँडेल, राजकुमार श्रेष्ठ, रत्न गौतम, माया कार्की, भुवन बिक्रम घिमिरे, रामकृष्ण लामा, ज्ञानकुमार योञ्जन, गिता कार्की लगायत अधिकांस जिल्ला कमिटिका नेता तथा कार्यकर्ताहरुले कार्यक्रम स्थल खचाखच भरिएको थियो ।



तस्विरः दिलिप श्रेष्ठ
बिहीबार २३ पुष, २०७७