बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछाप नगरपालिकाद्वारा अभिमुखीकरण कार्यक्रम गोठगाउँबाट सुरूवात 


रामेछाप नगरपालिकाद्वारा अभिमुखीकरण कार्यक्रम गोठगाउँबाट सुरूवात 

सुनौलो रामेछाप


पुष १५, गोठगाउँ । रामेछाप नगरपालिकाले नागरीकहरु नगरको सेवाबाट बञ्चित नहुन् र विभिन्न झन्झटबाट मुक्त हुन् भनेर अहिले तत्काल गर्नु पर्ने विभिन्न काम वडाबाटै गर्ने गरी एकीकृत घुम्ती शिविरको रुपमा ९ ओटै वडामा पुग्ने अभियान सुरु गरेको छ । 

 

मंगलबार देखि नगर उपप्रमुख सृजना खड्का, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे सहितको टोलीले रामेछाप नगरपालिका– १ गोठगाउँबाट विभिन्न सेवाको सुरुवात गरेका छन् ।

अशक्त तथा नगरपालिका सम्म राम्ररी पुग्न नसक्नेहरुलाई परिचय पत्र, उपभोक्ता समितिलाई योजना सम्झौताको लागि सम्झौता पत्र र क्षमता भएका युवाहरुलाई लोक सेवाको ज्ञान लिएर नगरको सिंगो टिम नै एकीकृत घुम्ती शिविरमा निस्केको छ ।

उपप्रमुख सृजना खड्काले भनिन, ‘अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरणसँगै गाउँमै योजना सम्झौता गर्ने अभियानमा हामी वडा–वडामा आएका छौँ, यो योजनाले नागरिकहरुलाई थोरै भए पनि राहत मिलेको छ  ।’

 

त्यसैगरी निजमती कर्मचारी तर्फ आकर्षण बढाउनको लागि भनेर लोक सेवाद्धारा लिईने नायव सुब्बा, खरिदार वा सो सरहको परिक्षाको तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सँगै लिएर आएको उपप्रमुख खड्काले बताईन् ।

गाउँको विकासमा हिजोको अवस्था र आजको अवस्थामा निकै फरक देखिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए । 

गोठगाउँबाट सुरुवात गरिएको एकीकृत शिविरमा मंगलबार १ नं वडा कार्यालयमा अपाङ्गता परिचय पत्र नविकरण र योजना सम्झौताको काम भएका छन् । त्यसैगरी गोठाउँको चण्डेश्वरी माविमा अध्ययनरत विद्यार्थी र स्थानीय युवाहरु सहितको सहभागितामा लोक सेवाद्धारा लिईने नायव सुब्बा, खरिदार वा सो सरहको परिक्षा तयारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ ।

 

                                                                                                     तस्विरः श्रीचण्डेश्वरी माध्यमिक विद्यालयको फेस्बुक पेज बाट


 

बुधबार १५ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट