माघ २३, रामेछाप । नोवेल कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप रामेछाप जिल्लामा १ हजार २२ जनाले लगाएका छन् ।
कोभिड–१९ विरुद्धको खोप माघ १४ गतेबाट लगाउन सुरु गरिएको हो । यस अन्तर्गत पहिलो चरणमा सरकारी तथा निजी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमंसेवीका, शव वाहन चालक, एम्बुलेन्स चालक, सरसफाईकर्मी लगायतले खोप लगाएका छन् ।
नौ दिनको अवधिमा एक हजार २२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए । उनका अनुसार आज खोप लगाएपछि पहिलो चरणको कार्यक्रम सकिनेछ ।
शुक्रबार २३ माघ, २०७७