पुष १२, गोकुलगंगा । आइतबार एक कार्यक्रमको विच गाउँपालिका कार्यालय रस्नालुमा रामेछाप साँस्कृतिक कलाकार समाज गोकुलगंगा गाउँपालिका कार्य समिति गठन भएको छ ।
संयोजक तिर्थविरक्त पाख्रिनको अध्यक्षतामा उक्त पालिका गठन भएको हो । सो कार्यक्रमबाट रन्जु घिमिरेको नेतृत्वमा ११ सदसिय नयाँ कार्य समिति छनौट गरेका छन् । कार्यसमितिको उपाध्यक्ष (गगन) उत्तर सुनुवार, महिला उपाध्यक्ष सावित्रा भुजेल, सचिव गोमा कार्की, सह सचिवमा विर बहादुर तामाङ, कोषाध्यक्ष मोहनलिला सुनुवार चयन भएका छन् । त्यसकासाथै अन्य कार्यसमिति सदस्यहरुमा युवराज कार्की, देवी कार्की, इश्वरी दाहाल, कल्याणी बस्नेत र अनिसा खाति निर्विरोध चयन भएका छन् ।
रामेछाप साँस्कृतिक कलाकार समाज प्रति सदैब साथ सहयोग रहने कार्यक्रमका प्रमुख अतिथि गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताउनु भएको छ । उहाँले पालिकाभित्रको विकास निर्माण, स्थानिय कला संस्कृति, पर्यटन प्रवर्धन, सस्कार संरक्षण र सम्बर्धनको लागि सधैँ अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
संस्थापक अध्यक्ष अमृतबहादुर सुनुवारले नयाँ कार्यसमिति पदाधिकारीहरुलाई सपथ खुवाउनु भएको थियो । बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले कार्यक्रमको बारेमा प्रकास पार्दै रामेछाप साँस्कृतिक कलाकार समाजको बर्तमान अबस्थाको बारेमा जानकारी दिनु भएको थियो ।
सोमबार १३ पुष, २०७७