मंसिर ३०, रामेछाप । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले देशव्यापी रुपमा सरकारको विरुद्ध हिजो सडकमा शक्ति प्रदर्शन गरेको हो ।
पार्टी सचिव लेखबहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति लवश्री न्यौपानेले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । भ्रष्टाचार बढ्नुमा सरकारको पुरै हात रहेको बताउँदै नेकपा नेतृत्वको सरकारमा अनियमितताले हद नाघेको उनले बताएका छन् ।
रामेछाप जिल्लामा निर्वाचनपछि पहिलो पटक कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।
मंगलवार ३० मंसिर, २०७७
Akash Bhujel
Ram kumar