बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

रामेछाप जिल्लामा शान्ति सुरक्षा थप मजबुत बनाईदै 


रामेछाप जिल्लामा शान्ति सुरक्षा थप मजबुत बनाईदै 

सुनौलो रामेछाप


माघ ३०, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले जिल्लाभित्र कुनै पनि अपराधिक गतिविधि हुन नदिनका लागि शान्ति सुरक्षा थप बलियो बनाउन सक्रियता बढाएका छन् । 

समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरीले  वित्तिय कारोबार धेरै हुने मन्थली बजार क्षेत्रमा हुन सक्ने सम्भावित अपराध नियन्त्रण गर्नको लागि मन्थलीमा रहेका १३ वटा बैंकका प्रबन्धक एवं प्रतिनिधिहरुसँग छलफल गरेको छ । 

डिएसपी ढुङ्गानाका अनुसार बैंकिङ क्षेत्रमा अपनाउनु पर्ने सुरक्षाको रणनीतिको बारेमा बैंकहरुसँग परामर्श गरिएको हो । मन्थली बजार क्षेत्रलाई सुरक्षित राख्नको लागि मन्थली नगरपालिकाले थप सिसी क्यामेरा थप्ने निर्णय गरेको छ । हालै भने मन्थली नगरपालिकाको बजार क्षेत्रमा करिब ३८ वटा भन्दा सिसी क्यामेरा सञ्चालनमा रहेको छ ।
 

शुक्रबार ३० माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट