बुधबार ३ असार, २०८३ (Wednesday June 17, 2026)

मन्थली नगरपालिकाको गाउँ–गाउँमा स्वास्थ्य शिविर


मन्थली नगरपालिकाको गाउँ–गाउँमा स्वास्थ्य शिविर

सुनौलो रामेछाप


फागुन २, रामेछाप । सहज रुपमा स्वास्थ्य संस्थाहरुमा पुग्न नसक्ने जेष्ठ नागरिक र स्त्री रोग सम्बन्धी समस्या भएका महिलाहरुलाई लक्षित गरी मन्थली नगरपालिकाले गाउँमै निःशुल्क रुपमा स्वास्थ्य परिक्षाण र उपचार हुने व्यवस्था सहित संचालन गरिएको शिविरबाट ९ सय ८३ जनाले स्वास्थ्य सेवा पाएका छन् ।  

अस्पतालमा आउन नसक्ने जेष्ठ नागरिकलाई लक्षित गरी ल्याव सहितको जेष्ठ नागरिक स्वास्थ्य शिविर मन्थली नगरपालिकाको वडा नं ३, ८, ११, १२ र १४ मा संचालन भएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयालले बताए । 

उनका अनुसार नगरका पाँच ओटा वडामा पाँच दिन चलेको शिविरबाट ७ सय ५८ जनामा ग्यास्टिक, जोर्नी दुख्ने रोग, दम, सुगर, प्रेसर, ढाड दुख्ने जस्ता समस्या देखिएको र उनिहरुलाई निःशुल्क रुपमा औषधी उपलब्ध गराईएको छ ।

त्यसैगरी मन्थली नगरपालिकाको वडा नं ६ बेतीनी र वडा नं ८ चिसापनीमा महिलाहरुका लागि लक्षित गरी राखिएको स्त्रीरोग (आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर परिक्षण) सम्बन्धी शिविरबाट २ सय २५ जना महिलाले सेवा लिएका छन् । उक्त सहभागी भएका महिला मध्ये करिव १० प्रतिशत महिलाहरुमा सामान्य समस्या देखिएको हुँदा उनिहरुको शिविरमै उपचार गरिएको र थप उपचार गर्नु पर्ने महिलाहरुलाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा जान अनुरोध गरिएको पनि स्वास्थ्य शाखा प्रमुख केशव फुयालले बताए ।


 

आईतवार २ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट