बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

मन्थली खानेपानीको अध्यक्षमा सुवेदी भए निर्वाचित


मन्थली खानेपानीको अध्यक्षमा सुवेदी भए निर्वाचित

एलिना कार्की



फाल्गुन १६ रामेछाप

मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा पुर्ण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा सजन श्रेष्ठ र सचिवमा ढाकल बहादुर थापा  पनिनिर्विरोध निर्वचित भएका हुन ।
त्यस्तै सदस्यहरुमा क्रमशः अम्बिका प्रसाद काफ्ले, टहल बहादुर कार्की, दिनेशराज शर्मा घिमिरे, दिपकराज दाहाल, कृष्ण थापामगर, हरिशरण सुवेदी, विर बहादुर खड्का, दिपक कुमार क्षेत्री, भक्त बहादुर मानन्धर र निलराज जैशी निर्विरोध निर्वाचित भएका छन् । ११ ओटा एरिया रहेको समितिमा २ नं एरियामा भने सदस्य पदमा निर्वाचन भएको थियो । निर्वाचनमा यम बहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

समितिको कोषाध्यक्षमा दुई जनाको दरखास्त परेपनि अन्तिममा भने दुबै जनाले आ–आफ्नो दरखास्त फिर्ता लिएपछि कोषाध्यक्षको पद खाली छ ।

नयाँ समितिले आइतबार पद तथा गोपनियताको सपथ खाएको छ। अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष  सुवेदीले उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्दता समेत  जनाउनुभएको छ। अध्यक्ष सुवेदीले उभोक्ताहरुलाई स्वच्छ खानेपानी खुवाउनको लागि सिंगो कार्यसमिति एक जुट भएर लाग्ने  भन्दैआम उपभोक्ताबाट पनि सहयोगको अपेक्षा राखेको बताउनुभएको छ ।।
 

सोमबार १७ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट