भदौ १८, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले १७ महिना देखि बन्द अवस्थामा रहेका विद्यायलहरु यहि भदौ २५ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ ।
२०७७ चैत्र ११ गते देखि लगाइएको लकडाउनसँगै बन्द रहेका सो विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो चरणको कोरोना सुरु भएसँगै विद्यालय बन्द भएका थिए । त्यसयता विद्यार्थीको पठनपाठन, परिक्षा संचालन लगायतका शैक्षिक गतिविधिका सबै काम अनलाइन बाट संचालन हुँदै आएका छन् ।
कोरोना भार्ईरसका काराण १७ महिना अघि देखि भौतिक रुपमा बन्द रहेका ७२ वटा विद्यालयहरु स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्दै शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गर्ने गरी नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेकोे छ ।
मन्थली नगरपालिकामा ६६ वटा सामुदायिक र ६ वटा नीजि विद्यालयमा गरी करिब ११ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।
शुक्रबार १८ भाद्र, २०७८