एलिना कार्की
फागुन ९
रामेछाप, नगरपालिका वडा नं १ गोठगाउँमा फागुन ७ गते शुक्रबारदेखी वडा्स्तरीय भलिबल प्रतियोगिता जारी रहेको छ । ५ वटा टिमसहित शुरु भएको खेलको समापनको दिन आज अन्तिम परिणामको लागी टिमहरुबीच रोमाञ्चक भिडन्त हुने छ । हिजो भएको गोठगाउँ सरोकार समाज र साबिकको वडा नं ७ बीचको खेलमा गोठगाउँ सरोकार समाज विजेता बनेको छ । यस्तै साविक वडा नं ८ र चण्डेश्वरी स्कूलविचको प्रतिस्पर्धामा चण्डेश्वरी स्कूल विजयी बनेको छ ।आज तेस्रो र चौथो स्थानको लागी साविकका वडा नं ७ र ८ ले प्रतिस्पर्धा गर्नैछन् भने पहिलो र दोस्रो स्थानको लागि सरोकार समाज र चण्डेश्वरी स्कूलविच खेल हुनेछ । खेल समापन सँगै पुरस्कार तथा मेडल वितरण पनि आजै हुनेछ।
आईतवार ९ फाल्गुन, २०७७