मंसिर ७, रामेछाप । मंसिर १०–१२ गतेमा हुन लागेको नेकपा (एमाले) पार्टीको दसौं महाधिवेशनको प्रचारप्रसारका लागि एमाले रामेछापले सदरमुकाम मन्थलीमा बृहत् मोटरसाइकल र्याली हुन लागेको छ ।
युवा नेता एंवम एमाले मन्थली नगर संगठन कमिटी अध्यक्ष रामबाबु घिमिरेले नेतृत्व गर्ने लागेको ¥याली मा सयौं जनताले सहभागीता लिने बताईएको छ ।
सो र्याली दिउँसो ३ बजे मन्थली स्थित पार्टी कार्यलयबाट सुरु हुने जनाएको छ । थापा चोक– तल्लो रुट हुँदै ट्राफिक चोक –आकाशे पुल बाट फर्केर पुनः पार्टी कार्यलयमा आएर र्याली समापन गरिने बुझिएको छ ।
मंगलवार ७ मंसिर, २०७८